डाक्टर बन्ने लक्ष भएकी श्रृष्टि

१६ माघ २०७६, बिहीबार १९:५९
 

श्रृष्टि फौजा ब्लु ओरिजन प्रालिको व्यानरमा आयोजित ‘मिस मिडवेष्ट’ को सातौ संस्करणको प्रतियोगी हुन । प्रतियोगी नं.३ बाट परिचित उनी नेपालगञ्ज उप–महानगरपालिका वडानं ४ गणेशपुर निवासी हुन । प्रतियोगी फौजाको बारेमा जानकारी गराउने उद्देश्यले उनीसंग गरिएका कुराकानीको सम्पादित अंश ।

रुचि

संधै खुसी हुन रुचाउने श्रृष्टि आफ्नो कारणले अरुलाई खुसी बनाउन सधै तल्लिन हुने गर्छिन । सकेसम्म कसैको मन नदुखोस भन्ने सोचाईमा उनी विश्वास राख्ने बताउछिन् ।

भ्रमण

नेपालको घान्दु्रक श्रृष्टिको एकदमै मनपर्ने ठाँउ हो । घान्द्रुकमा पुरै मंगोलियनहरुको बस्ती छ । आफु पनि मंगोलियन भएको कारणले होला आफ्नो घरबाट त्यहाँ घुम्न जाँदा पनि आफ्नै घर गए जस्तो उनलाई लाग्ने गरेको बताउछिन ।

खाना

श्रृष्टि आफुलाई एकदमै खान्चुवा बानी (फुड्डी) भएको बताउछिन । नेपाली खाना रुचाउने उनको खाना खाई रहने बानीका छ । विषेश गरि उनलाई गुलियो चिज मन पर्छ । रशबरी, गाजरका हलुवा उनका मनपर्ने खानेकुरा हुन ।

पहिरन

मगरहरुको सांस्कृतिक पहिरन मन पराउने श्रृष्टि जुनसुकै अवसरमा पनि मगरहरुको सांस्कृतिक पहिरन लगाउन रुचाउने बताउछिन ।


सिनेमा

साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित ‘ड्रिम’ नामक सिनेमा मन पराउने उनको भनाई छ ।

अविस्मरणिय क्षण

सामुदायिक विद्यालयमा अध्ययन गरेकी श्रृष्टिले विद्यालयमा भएको कार्यक्रम सञ्चालन गर्न पाएको जिम्मेवारी पुरागर्दा अंग्रेजी माध्याममा सञ्चालन गरेको र सो अवसरमा पाएको प्रशंशाका कारण उनका बुवाले श्रृष्टिको बुवा हुन गर्व गर्ने प्रतिक्रिया दिएको क्षण उनको अविश्मरणिय क्षण हो ।

लक्ष्य

भविश्यमा डाक्टर बनेर दिनदुखीको सेवा गर्ने उनको लक्ष रहेको छ ।

प्रस्तुती : लक्ष्मी तिमिल्सेना                                                                                          फोटो : पवन श्रोतिया / ब्लु ओरिजन 

Next Post

हिउँदे वर्षातले तरकारी खेती गर्ने किसान चिन्तित

१६ माघ २०७६, बिहीबार १९:५९
सदरलाइनडटकम, डुडुवा (बाँके) : हिउँदमा भएको पटकपटको वर्षातले तरकारी खेती गर्ने बाँकेका किसान चिन्ति भएका छन् । बेमौसमी बर्षातले विशेषगरी आलु र गोलभेंडामा धेरै क्षति पुर्याएपछि यहाँका किसान चिन्तित भएका हुन् । जिल्लाका किसानले लगाएका आलु, गोलभेँडा, काउली, बन्दा, खुर्सानीजस्ता सागसब्जीमा हिउँदे वर्षातले क्षति पुगेको कृषि ज्ञान केन्द्र बाँकेका बाली […]

ताजा अपडेट