प्रतीपक्षीय मित्र गुमाउँदा दुःखी छु : मुख्यमन्त्री पोखरेल

१४ माघ २०७६, मंगलवार १६:५८
 

सदरलाइनडटकम,
बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिको आदर्श र सहमतीय प्रणालीलाई अनुसरण गर्न प्रदेशसभाका सदस्यलाई आग्रह गरेका छन् । प्रदेशसभाका प्रतिपक्ष दलका नेता तथा ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलको निधनमा नेपाली कांग्रेस संसदीय दल, प्रदेश ५ ले मंगलवार बुटवलमा गरेको श्रद्धाञ्जलीसभामा उनले प्रतीपक्षीय मित्र गुमाउँदा दुःखी भएको बताए ।
उनले प्रदेशसभालाई स्थापित गर्न दिवंगत पोखरेलको योगदानको प्रशंसासमेत गरे । उनले पोखरेललाई सङ्षर्घशील व्यक्तित्वका रुपमा चित्रण गर्दै प्रदेशसभामा सहमतीय प्रणालीलाई थालनी गरी अरूका लागि पनि अनुसरणयोग्य काम गरेको बताए ।
प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले आफ्नो पार्टीप्रतिको लगाव र प्रदेशसभामा दिवंगत पोखरेलले खेलेको भूमिकाको प्रशंसा गरे । नेकपा संसदीय दलका प्रमुख सचेतक भूमीश्वर ढकालले प्रदेशसभाका विभिन्न विषयमा सहमति र छलफलबाट निष्कर्षमा पुग्ने नेताका रुपमा पोखरेललाई बुझेको उल्लेख गरे ।
कांग्रेस संसदीय दल, प्रदेश ५ का उपनेता वीरेन्द्र कनौडियाको अध्यक्षतामा भएको सभामा पार्टीका प्रमुख सचेतक निर्मला क्षेत्री, समाजवादी पार्टीका सहसराम यादव, राजपाका कल्पना पाण्डे, प्रदेशसभा सदस्य बैजनाथ कलवारले मन्तव्य व्यक्त गर्दै प्रदेशसभाले एक कुशल अभिभावक गुमाएको बताए । प्रदेशसभाका प्रतिपक्ष दलका नेता बलदेव शर्मा पोखरेलको गत माघ ६ गते ८२ वर्षको उमेरमा निधन भएको थियो ।

Next Post

महेन्द्र बहुमुखीमा अन्तर सकांय भलिबल प्रतियोगिता

१४ माघ २०७६, मंगलवार १६:५८
सदरलाइनडटकम, नेपालगञ्ज   : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा मंगलबार (आजदेखि) अन्तर सकांय भलिबल प्रतियोगिता एमएमसी कप सुरु भएको छ । आगामी माघ १६ सरस्वती पूजाका दिन समापन हुने सो प्रतियोगितामा सबै सकांयबाट छात्रतर्फ १२ र छात्रा ५ गरि जम्मा १७ टिमको सहभागिता रहेको खेल सयोजक अनेरास्ववियुका सचिब प्रकाश बिकले जानकारी दिए […]