सदरलाइनडटकम,
प्युठान : प्युठानमा श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्ति कारागार चलान भएका छन् । कुटपीट गरी श्रीमतीको हत्या गरेको अभियोगमा नौबहिनी गाउँपालिका वडा नम्वर १ का ५५ वर्षीय मनप्रसाद शेरचनलाई जिल्ला अदालत प्युठानले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
पुष ६ गते ५५ वर्षीय मनप्रसादले आफ्नी ५४ वर्षीया श्रीमती निलमणि शेरचनलाई कुटपिट गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । शेरचनलाई श्रीमती हत्या गरेको अभियोगमा जिल्ला अदालत प्युठानले पुर्पक्षका लागि थुनामा कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी नरेन्द्र कार्कीले बताए ।
