साग फुटबलमा नेपालको विजयी शुरुवात

१७ मंसिर २०७६, मंगलवार १६:४२
 

सदरलाइनडटकम,
काठमाण्डौ : १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलतर्फ नेपालले विजयी शुरुवात गरेको छ । मंगलवार भएको भुटानविरुद्धको खेलमा नेपालले ४–० को सहज जित निकालेको छ ।
नेपालका लागि सुजल श्रेष्ठले खेलको पाँचौ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । आक्रमक खेलेको नेपालले दोस्रो हाफमा तीन गोल थपिसकेको छ । नेपालका लागि खेलको ५० औँ मिनेटमा सुजल श्रेष्ठले नै अर्को गोल थप्दै खेललाई २–० को अवस्थामा पुर्याए ।
त्यसपछि खेलको ६६ औँ मिनेटमा अभिषेक रिजालले हेडमार्फत् गोल गर्दै अग्रता ३–० मा पुर्याए । घरेलु मैदान र दर्शकको साथ पाएको नेपालका लागि खेलको ७७ औँ मिनेटमा मिचेन तामाङले उत्कृष्ट फ्री किक गोल गर्दै अग्रता ४(० मा पुर्याए ।
त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेकाले नेपालले सहज जित दर्ता गराएको हो । यसअघि महिला फुटबलमा नेपालले श्रीलंकालाई पोखरामा १–० गोलअन्तरले पराजित गरिसकेको छ ।

Next Post

नेपालगञ्जमा एक युवकको शव भेटियो

१७ मंसिर २०७६, मंगलवार १६:४२
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा एक युवक मृत अवस्थामा भेटिएका छन् । नेपालगञ्ज उपमहानगरपालिका ४ गणेशपुरमा एक युवक मंगलवार विहान मृत अवस्थामा भेटिएका हुन् । कोही नबस्ने एक घरमा सोही ठाउँकै अन्दाजी ३१ वर्षीय रत्न शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । शाही लागुऔषध सेवनकर्ता रहेको र […]