सदरलाइनडटकम
१२ चैत, नेपालगन्ज : नेक्रबिक्रम चन्द नेतृत्वको नेकपा निकट जनपरिषद नेपालले बा“केका जनप्रतिनिधिहरुलाई राजीनामा गर्न धम्कीपूर्ण पत्र पठाएको छ । धमाधम यस्तो धम्कीपूर्ण पत्र र चन्दा माग गरेका पत्र आउन थालेपछि जनप्रतिनिधिहरु अन्योलको स्थितिमा पुगेका छन् ।
‘आफ्ना पदबाट राजीनामा दिई जनताको सरकारलाई सहयोग गर्न विनम्र अनुरोध गर्दछौं । अन्यथा, उत्पन्न हुने परिस्थितिको तपाई आफै जिम्मेवार हुनुपर्नेछ’, जनपरिषद् नेपालले जनप्रतिनिधिहरुलाई पठाएको पत्रमा भनिएको छ । जनप्रतिनिधिहरुलाई राजीनामा दिन धम्क्याउने जनपरिषद् नेपालले मोटो रकम चन्दा पनि मागिरहेका छन् ।
जनपरिषद् नेपालले बा“केमात्रै होइन, धेरै जिल्लामा जनप्रतिनिधिको राजीनामा र चन्दा माग्ने गतिविधि बढाइरहेको छ । उसले संसदीय व्यवस्थालाई स्वीकार गर्न नसक्ने धम्की दिइरहेको छ ।
यसैबीच, पांच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा र चन्दा माग्नेको डटेर प्रतिवाद गर्न निर्देशन दिएका छन् । नेकपा एमालेको स्थानीय निकाय विभागले आयोजना गरेको जनप्रतिनिधिसँग मुख्यमन्त्रीको संवादमा बोल्दै मुख्यमन्त्री पोखरेलले धम्की दिने समूहलाई जनताको काम गर्ने भए चुनावबाट आउन चुनौती दिएका छन् ।
मुख्यमन्त्री पोखरेलले जनप्रतिनिधिहरु पावरफूल रहेकाले आवश्यक परे जिल्ला सुरक्षा संयन्त्र प्रयोग गर्न निर्देशन दिए ।