जय शम्भु मिस्टर नेपालगञ्जको अडिशन असोज २३ देखि हुने

सदरलाइन संवाददाता १६ भाद्र २०७९, बिहीबार १४:०९
 

नेपालगञ्ज : ओन क्रिएशन नेपालगञ्जको आयोजनामा जय शम्भु मिस्टर नेपालगञ्ज २०२२ प्रतियोगिता नेपालगञ्जमा हुने भएको छ । २०१९ बाट शुरु गरिएको मिस्टर नेपालगञ्जको तेस्रो संस्करण भाद्र १६ गतेदेखि सिजन ३ को आबेदन खुल्ला गरिएको आयोजक ओन क्रिएशनकी प्रमुख कार्यकारी अधिकृत प्रेमा वलीले बताइन् ।

प्रतियोगिताबारे जानकारी दिन बिहीवार नेपालगञ्जमा पत्रकार भेटघाट कार्यक्रममा सिइयो वलीले यस्तो बताएकी हुन् । उनले केटीहरु मात्र ग्यालमर, मोडेल बन्नु पर्छ भन्ने नेपाली बिशवासलाई तोडदै आफुहरुले युवा पुरुषहरुको योग्यता क्षमतालाई उजागर गरि सिंगो बाँकेलाई राष्ट्रियरुपमा चिरपरिचित गराउन मिस्टर नेपालगञ्जको शुरुवात सन २०१९ मा गरि सिजन तीनसम्म आइपुगेको बताइन् ।

जय शम्भु फनिर्चर एण्ड होम डेकोर कोहलपुरको मुख्य प्रायोजनमा हुन लागेको मिस्टर नेपालगञ्ज २०२२ को सोसल मिडिया पाटनर कोहलपुर ग्यालरी र नेपालगञ्ज ग्यालरी रहेका छन् ।

मेकअप तथा हेयर डिजाइनर पाटनरमा असिम नेपालगञ, ड्रेस डिजाइनर पाटनर आर्सा नेपालगञ्ज, क्लोथिङ सर्पोट क्लोथ प्वाईन्ट नेपालगञ्ज, प्रिन्टिङ पाटनर बि एण्ड बि हस्पिटालिटी, सेलिबे्रशनमा एम्मी बाइट्स टि सट एण्ड टाइटलले सह प्रायोजकको भुमिका खेल्ने कुरा आयोजकले बताएको छ ।


प्रेस भेटघाटमा २०१९ का बिजेता सुभास खडका, २०२१ बिजेता मिलन शाह उपस्थित कार्यक्रममा मिस्टर नेपालगञ्ज २०२२ सफल पार्नका निम्ति अभियानलाई बिभिन्न कलेज, स्कुल तथा बिश्वबिद्यालय र बाँकेका बिभिन्न स्थानमा अडिशनमा सहभागी छनौटका लागि उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरिने भएको छ ।

१६ बर्षदेखि २६ बर्ष समुहका अबिभाहित पुरुषहरुले सहभागिता जनाउने मिस्टर नेपालगञ्ज २०२२ को सहभागि हुन चाहनेले ५०० मा फर्म खरिद गरि आफनो नाम दर्ता गराउन सक्नेछन् ।

फर्म कोहलपुरमा फेशन दरबार र नेपालगञ्जमा एमि बाईट्समा पाइने आयोजक ओन क्रिएशन नेपालगञ्जले जनाएको छ । प्रतियोगीहरुलाई नेपालगञ्जमै एक महिनाको तालिम बिभिन्न अभ्यास तथा बोल्ने तर्क गर्ने अभिनय र मोडेल वाक जस्ता क्रियाकलाप गराइने छ ।

पुजा वलीको मुख्य ब्यबस्थापनमा हुने जय शम्भु मिस्टर नेपालगञ्ज २०२२ प्रतियोगिताको प्रथम अडिशन असोज २३ गतेबाट मेरो प्लानेट नेपालगञ्जमा शुरु हुनेछ । फाइनल बिजेताले ३५ हजार बराबरको गिफ्ट ह्याम्पर पाउनुका साथै नेशनल इभेन्टमा मिस्टर सुपरनेशनल नेपालमा भाग लिन समेत पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युनेस्को क्लबद्धारा विपन्न र अनाथ बालबालिकालाई सहयोग

१६ भाद्र २०७९, बिहीबार १४:०९
नेपालगञ्ज : कतार च्यारिटी नेपालको सहयोगमा बाँकेमा सञ्चालित सामाजिक संरक्षण परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले गरिब, विपन्न र अनाथ बालबालिकालाई छात्रबृति लगायत विभिन्न सहयोग प्रदान गरेको छ । क्लबले नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरेर अति विपन्न परिवारका बालबालिकालाई छात्रबृत्ति सहयोग प्रदान गरेको छ भने गरिब परिवार, अनाथ बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई […]