अभियुक्तलाई फाँसी नदिन अदालतको आदेश

२ माघ २०७६, बिहीबार १७:५४
 

सदरलाइनडटकम,
काठमाण्डौ : दिल्लीको पटियाला हाउस कोर्टले निर्भया सामूहिक बलात्कारका दोषीलाई सुनाइएको मृत्युदण्डको सजायमाथि ‘स्टे अर्डर’ जारी गरेको छ । अदालतको उक्त आदेशपछि सामूहिक बलात्कारका ४ जना दोषीले यही जनवरी २२ तारेखमा फाँसी नपाउने भएका छन् । पटियाला हाउस कोर्टले निर्भया केसका एक अभियुक्त मुकेश सिंहको याचिकामाथि सुनवाई गर्ने क्रममा ‘स्टे अर्डर’ सुनाएको हो ।
यसको अर्थ चारैजना दोषीलाई २२ जनवरीमा फाँसीको फन्दामा नचढाइने भएको हो । अदालतले जेलका अधिकारीलाई २२ जनवरीमा फाँसी नदिन भन्दै आदेश जारी गरेको छ । ‘स्टे अर्डर’पछि कानुन अनुसार जेलका अधिकारीले अदालत तथा राज्य सरकारलाई दया याचिका दायर भएको र फाँसीको सजायलाई स्थगित गरिएको भनेर सूचित गर्नु पर्नेछ । साथै जेलका अधिकारीहरुले जबसम्म राष्ट्रपतिद्वारा यसबारे निर्णय हुँदैन तबसम्म दोषीलाई फाँसीमा चढाइदैन भनेर समेत रिपोर्ट पेश गर्नुपर्नेछ ।
चारैजना दोषीविरुद्ध गत पुस २२ गते डेथ वारेन्ट जारी गरिएको थियो । चारैजनालाई जनवरी २२ गते बिहान सात बजे फाँसी दिइने गरी उक्त वारेन्ट जारी गरिएको थियो । दोषीहरुलाई ८ वर्षअघि दिल्लीमा भएको एक बलात्कार काण्डमा फाँसीको सजाय सुनाइएको हो । निर्भया काण्डमा अक्षय, मुकेश, विनय र पवनलाई यस अघि नै फाँसीको सजाय सुनाइएको थियो ।
सन् २०१२ डिसेम्बर १६ तारेखमा ज्योति सिंहमाथि सामूहिक बलात्कार भएको थियो । आफ्ना साथी अविन्द्र प्रताप पाण्डेसँगै फिल्म हेरेर फर्किने क्रममा उनलाई एक समूहले बलात्कार गरेको थियो । बलात्कार भएको १३ दिनपछि सिंहको मृत्यु भएको थियो । ज्योति र अविन्द्र राति पौने दस बजे बस चढेर घर फर्कँदै गर्दा बसमा रहेका ४ जनाले ज्योतिलाई बलात्कार गरेका थिए । बस चढेपछि बसमा रहेका ४ जनासँग अविन्द्रको भनाभन भएको थियो । भनाभनपछि अविन्द्रलाई उक्त समूहले कुटेर बेहोस बनाएका थिए ।
त्यसपछि ज्योतिलाई बसको पछाडि लगेर सामूहिक बलात्कार गरेका थिए । अभियुक्तहरूले बेहोस ज्योति र अविन्द्रलाई गुडीरहेको बसबाट बाहिर सडकमा फालेका थिए । उक्त घटनामा गम्भीर घाइते भएका अविन्द्र भने बाँच्न सफल भएका थिए तर उपचारका क्रममा ज्योतिको मृत्यु भएको थियो । (एजेन्सी)

Next Post

कृतिम घटना अभ्यास गर्दै साताव्यापी २२औं भुकम्पिय सुरक्षा दिवश मनाईयो 

२ माघ २०७६, बिहीबार १७:५४
सदरलाइनडटकम, नेपालगञ्ज  :  समय बिहानको ११ बजे, स्थान शिक्षा विकास तथा समन्वय ईकाई नेपालगञ्ज परिसर, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सरकारी तथा गैरसरकारी निकायका कर्मचारी, रेडक्रशकर्मीेको उपस्थितिमा नयाँ बन्दै गरेको घरबाट केही व्यक्तिहरुलाई उद्दार गरी प्राथामिक उपचार गर्दै एम्बुलेन्समा राख्दै गरेको देखिन्थ्यो । सिमसिम पानी […]

सम्बन्धित