कृतिम घटना अभ्यास गर्दै साताव्यापी २२औं भुकम्पिय सुरक्षा दिवश मनाईयो 

२ माघ २०७६, बिहीबार १९:१२
 

सदरलाइनडटकम,

नेपालगञ्ज  :  समय बिहानको ११ बजे, स्थान शिक्षा विकास तथा समन्वय ईकाई नेपालगञ्ज परिसर, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सरकारी तथा गैरसरकारी निकायका कर्मचारी, रेडक्रशकर्मीेको उपस्थितिमा नयाँ बन्दै गरेको घरबाट केही व्यक्तिहरुलाई उद्दार गरी प्राथामिक उपचार गर्दै एम्बुलेन्समा राख्दै गरेको देखिन्थ्यो ।

सिमसिम पानी परेको बेलामा पनि बाटो हिड्ने बटुवा एक पटक उभिएर हेर्दै के भएको हो भन्ने प्रश्न तेर्सिने गरेको थियो । सबैलाई कौतुहलता थियो तर, त्यो कौतुहलतालाई सहभागि मध्य कै एकले प्रत्येक घटनाको बारेमा जानकारी गराउदै भुकम्पिय सुरक्षाको लागि कृतिम घटना अभ्यासको कार्यक्रम सम्पन्न गरियो ।

माथिको घटनाक्रम जिल्ला दैवि प्रकोप उद्धार समिति बाँके, जिल्ला प्रशाशन कार्यालय बाँकेको आयोजना एवम् जिल्ला प्रहरी कार्यालय बाँके, रेडक्रस लगायतका सरोकारवालाहरुको समन्वयमा प्राकृतिक प्रकोप भूकम्प आएमा क्षति न्युनीकरण र मानविय उद्धार कसरी गर्न सकिन्छ भन्ने विषयमा कृतिम घटना अभ्यास गरीएको घटना हो ।

 बाँकेमा यो वर्षको भुकम्प सुरक्षा दिवस यसरी मनाउन सुरु गरियो । यो वर्ष ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने मुल नाराका साथ २२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ ।


जिल्ला शिक्षा समन्वय इकाई बाँकेको कायालयमा जिल्लाका सुरक्षा निकायहरु नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस लगायतको सहभागीतामा अभ्यास कार्यक्रम गरीएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला दैवी प्रकोप उद्धार समिति बाँकेका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी कुमारवहादुर खड्काले बाँकेका सवै स्थानीय तह भूकम्प आइहाले कसरी उद्धार गर्ने भन्ने तयारीमा रहेको बताए ।

रेडक्रश बाँकेका सभापति गोबद्र्धन सिंह सम्झनाले दिवसका सन्दर्भमा सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल प्रहरीले भूकम्पको खोज तथा उद्धारमा प्रयोग गरिने औजार तथा सामाग्रीहरुको प्रदर्शन गरिनुका साथै कृत्रिम घटना अभ्यास गरि घाइतेहरुको प्राथमिक उपचार नेपाल रेडक्रस सोसाइटी बांकेको प्राथमिक उपचार समुहले गरेको जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख बीरवहादुर ओली, जिल्ला शिक्षा इकाई समन्वय कार्यालय बाँकेका प्रमुख रामसुरेश यादव, वडा प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल ३० गण हेडक्वाटर वागेश्वरी लगायतको सहभागीता रहेको थियो ।

Next Post

कोहलपुर महोत्सव आज स्थगित

२ माघ २०७६, बिहीबार १९:१२
सदरलाइनडटकम, कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा जारी तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सव एक दिनका लागि स्थगित गरिएको छ । कोहलपुर वडा नं. १२ का वडाध्यक्षको असामहिक निधनप्रति दुख ब्यक्त गर्दै शुक्रवार एक दिन महोत्सवको सम्पूर्ण साँस्किृतक कार्यक्रम स्थगित गरिएको नेपाल घरेलु तथा साना […]