वाटरपार्क परियोजनाको अस्थायी पुर्जा वितरण

२७ पुष २०७६, आईतवार १७:५४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १ र १८ मा रहेको वाटरपार्क जग्गा एकीकरण परियोजनाअन्तर्गतका जग्गाधनीले आइतवार अस्थायी लालपुर्जा प्राप्त गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर तथा नगर विकास समितिका अध्यक्ष डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर र प्रमुख प्रशसकीय अधिकृत हरी प्याकुरेलले आईतबार अस्थायी पुर्जा वितरणको शुभारम्भ गरे । पहिलो चरणमा १८७ जनालाई अस्थायी पुर्जा वितरण गरिएको छ । ७४५ जना जग्गाधनीमध्ये सबैलाई तत्काल अस्थायी पुर्जा दिएर स्थायी पुर्जाका लागि प्रक्रिया शुरु गरिने भएको छ ।
नेपालगञ्जका मेयर राणाले वाटरपार्क परियोजनाको कामले गति लिएको बताए । एकदशकपछि जग्गाको अस्थायी पुर्जा हात पारेका स्थानीय बासिन्दामा ढिलै भएपनि खुशी भएका छन् । उपभोक्ता सहयोग समितिका अध्यक्ष विन्दु सापकोटाले नगर विकास समितिमा जननिर्वाचित प्रतिनिधी आएपछि कामले गति लिएर अस्थायी पुर्जा वितरणसम्म पुगेको बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेलका अनुसार वाटरपार्क परियोजना अन्तर्गत ६५ विघा जग्गा रहेको छ । जग्गाको न्यूनतम मुल्यांकन समेत भईसकेको छ ।

Next Post

समावेशी समूहले परिचय–पत्रमा धाँधली गरेको आरोप : साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह

२७ पुष २०७६, आईतवार १७:५४
सदरलाइनडटकम, नेपालगञ्ज :  नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनमा समावेशी समूहले परिचय–पत्रमा धाँधली गरेको आरोप लागेको छ । समावेशी प्यानका अध्यक्षका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना समूहले परिचयपत्र नै कव्जा गरेको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले दाबी गर्दै पक्रकार सम्मेलन समेत गरेको छ । पत्रकार सम्मेलनमा वितरित विज्ञिप्तीमा समावेशी समूहबाट सदस्य […]