शैक्षिक सुधारका लागि जानकी गाउँपालिकाको प्रयास

९ कार्तिक २०७५, शुक्रबार १७:०४
 

सदरलाइनडटकम,
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले गाउँपालिकाभित्रको शैक्षिक वातावरण सुधारका लागि शिक्षा सम्वद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।
जानकी गाउँपालिकाको समन्वयमा प्लान इण्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगञ्ज र सामाजिक सचेतन सरोकार मञ्च स्याक नेपाल बाँकेको साझेदारिमा सञ्चालित लैङ्गिक रुपान्तरण तथा समावेशी शिक्षा परियोजनाअन्तर्गत अनिवार्य एवं निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ का बिषयमा सरोकारवालासँगको एकदिने अभिभुखिकरण गोष्ठीमा उनले शिक्षा सम्वद्ध निकायको ध्यानाकर्षण गराएका हुन् ।
अध्यक्ष यादवले जानकी गाउँपालिकामा भएका बिद्यालयको शैक्षिक सुधार र निःशुल्क शिक्षाका लागि बिद्यालयसँग सरोकार राख्ने प्रधानाध्यापक, बिद्यालय ब्यवस्थापन समिति, शिक्षा अधिकारीलगायतको मुख्य जिम्मेवारी रहेकाले आ–आफनो कर्तब्य र जिम्मेवार बहन गरेमा बिद्यालयको सुधार गर्न सकिने बताए ।
गोष्ठीमा स्याक नेपाल बाँकेमाफर्त सञ्चालन भएको कार्यक्रममा प्रधानाध्यापक, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका पदाधिकारी, गाउँ शिक्षा समितिका पदाधिकारी, गाउँपालिका शिक्षा शाखाका कर्मचारीहरुको सहभागिता थियो ।
कार्यक्रममा अनिर्वाय तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ मा भएका ब्यवस्था र गाउँपालिकाले शैक्षिक सुधारका लागि गरेको प्रयासका बारेमा सरोकारवालालाई अभिमुखिकरण गरिएको थियो । उद्घाटन कार्यक्रममा परियोजनका सीनियर सुपरभाईजर लक्ष्मी प्रसाद शर्माले स्वागत मन्तब्य राखेका थिए ।
प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगञ्जका सिकाई संयोजक संजीव जोशी, शिक्षा प्रमुख सञ्जय कर्ण, श्रोत ब्यक्ति मुनिर अहमत खाँ, जानकी गाउाँपालिका वडा नं १, २, ३ र ६ नं. वडाका अध्यक्षसमेतको सहभागिता रहेको थियो ।

Next Post

सत्तारुढ दल नेकपाको वैधानिकता कायम

९ कार्तिक २०७५, शुक्रबार १७:०४
सदरलाइनडटकम, काठमाण्डौ : निर्वाचन आयोगले नाम विवाद टुंग्याउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको नामलाई वैधानिकता दिएको छ । एमाले र माओवादी केन्द्रको एकतापछि बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध गरेको थियो । कट्टेलले उक्त दलले आफ्नो दलको नामसँग जुध्ने गरी नाम राखेकाले […]

सम्बन्धित