सहकारीले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छ : मन्त्री अर्याल

२४ पुष २०७६, बिहीबार १६:००
 

सदरलाइनडटकम,
ललितपुर   : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताएकी छन् । उनले राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७ औं वार्षिक साधारणसभालाई विहिबार ललितपुरमा सम्बोधन गर्दै सो कुरा बताएकी हुन ।
मन्त्री अर्यालले सहकारी अब विकासको दिशातर्फ जानुपर्ने भन्दै उद्यमशिलता, व्यवसायिकतामा सहकारीको माध्यामबाट जान सुझाव दिईन ।
राज्यले सहकारीलाई तीन खम्बे अर्थनीति अन्तर्गत समेटेको भन्दै एक सहकारी एक रोजगारी अनिवार्य रुपमा लागु गरेर जानुपर्ने मन्त्री अर्यालको जोड थियो ।
सहकारी अभियानले सहकारीलाई रोजगारीको थलो बनाउनुपर्ने भन्दै मन्त्री अर्यालले त्यसको एकमात्र बाटो भनेको उद्मशिलता भएको कुरामा जोड दिदै भनिन–‘सहकारीलाई रोजगारीको थलो बनाउने अभियानमा लाग्नुपर्छ । वैदेशिक रोजगारीलाई विस्थापित गर्नेगरी सहकारी अभियान लाग्नुपर्छ । त्यसका निम्ती उद्मशिलता र व्यवसायिकता हो ।’
सहकारीसँग पूँजी र जनशक्ति दुवै भएकाले उद्मशिलतामा जान सम्भव हुने र त्यसबाट रोजगारी सिर्जना गरेर वैदेशिक रोजगारीमा जाने ठूलो संख्यालाई स्वदेशमै रोक्न सकिने उनको विश्वास छ ।
राज्यले सन् २०३० सम्ममा गरिबी शून्यमा झार्ने लक्ष्य लिएको उल्लेख गर्दै अहिले रहेको १८ प्रतिशत गरिबीको संख्या न्यूनीकरण गर्नका निम्ती पनि सहकारीले भूमिका खेल्नुपर्ने बताईन ।
सहकारीमा उद्मशिलता नारा बनाएर जान सुझाब दिँदै मन्त्री अर्यालले भूगोलमा काम शुरू गरिहाल्न आग्रह गर्दै राष्ट्रिय अर्थतन्त्र निमार्णमा सहकारीको भूमिका महत्वपूर्ण हुने गरी एउटा नतिजा दिदै सहकारी अगाडी बढ्नुपर्ने उनको सुझाव छ ।
बचत तथा ऋण सहकारी संस्थाहरूको संख्या अत्यधिक बढी भएकोले संख्या बढी हुँदा प्रगतीमा बाधक हुने भएकोले सहकारीको संख्या कम गर्ने अभियान जानुपर्ने मन्त्री अर्यालले बताईन । ‘भोलीको सम्भावित जोखिमको विश्लेषण आजै गरेर सचेत हुदै त्यसलाई एक मर्जर गरेर कम बनाउने र दुई निष्क्रिय रहेका संस्थाको खारेजीमा जानुपर्ने देखिन्छ । एउटा संस्थाहरूबीचमा मर्जर गरेर संख्या घटाउने र दोस्रो निष्क्रिय रहेका संस्थाहरू जसको लेखापरिक्षण नगर्ने, प्रतिवेदन नबुझाउने, साधारणसभा नगर्ने संस्थाहरू राखिराख्न पर्दैन’–मन्त्री अर्यालले भनिन–‘यसरी संख्या घटाउन सकिन्छ । तपाइहरू आँट गर्नुस् , फाइलहरू खोज्नुस । सहकारी आन्दोलन जोगाउन ध्यान दिनुस । बिग्रनलाई धेरै संख्या चाहिदै चाहिदैन ।’
अन्तर सहकारी समन्वयलाई पनि जोड्नुपर्ने भन्दै मन्त्री अर्यालले बचत तथा ऋण सहकारीको ब्याज गर्ने कुरामा पनि विशेष ध्यान दिन आग्रह गरिन । त्यसै अन्तर्गत सन्दर्भ ब्याजदर तोकिएको भन्दै उनले यस विषयमा अभियन्ताहरूले बृहत् छलफलको माग गरेको बताईन ।
उनले एउटै संस्थामा एउटै व्यक्तिले वर्षौंवर्ष नेतृत्वमा रहिरहने कारणले पनि संस्था प्रगतिमा नजाने भन्दै एउटै नेतृत्व रहिरहने कुरालाई निरुत्साहित गर्दै नेतृत्व हस्तान्तरणमा जानुपर्ने बताईन ।
मन्त्री अर्यालले समयसापेक्ष सहकारीलाई प्रविधिमैत्री बनाउनुपर्ने भन्दै सहकारीलाई डिजिटलाइज्ड गर्ने कुरा लागु गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्दै सहकारी सिस्टमबाट चलाउन अन्तर सहकारी चेक सटाइको व्यवस्था लागु गरिनु पर्ने कुरामा जोड दिईन ।
कार्यक्रमलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले सहकारीलाई आकर्षणको क्षेत्र बनाउनु पर्ने बताए । राज्यले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियान पुरा गर्न सहकारी महत्वपुर्ण क्षेत्र भएको भन्दै सचिव गौतमले गरिबीमुखी कार्यक्रम, योजना बनाएर अगाडी बढ्न जरुरी भएको सुझाव दिए ।

Next Post

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम प्रभावकारी बन्दै

२४ पुष २०७६, बिहीबार १६:००
सदरलाइनडटकम, दाङ : प्रदेश ५ सरकारले सुरु गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम प्रभावकारी बन्दै गएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय प्रदेश ५ ले सुरु गरेको ग्रामीण विकास कार्यालय गरिबी निवारणका लागि प्रभावकारी बन्दै गएको हो । सामाजिक र आर्थिक सुचकका आधारमा पछाडि पारिएको समुदायलाई लक्षित गरेर प्रदेशका ७३ […]

ताजा अपडेट