सदरलाइनडटकम,
नेपालगञ्ज : उपप्रधान तथा स्वास्थ्य तथां जनसंख्या मन्त्री उपेन्द्र यादवले बाँकेमा पश्चिम नेपालकै सबैभन्दा ठुलो अस्पताल बनाउने प्रक्रिया शुरु गरिएको बताएका छन् । शनिवार नेपालगञ्जमा आयोजित कार्यकर्ता भेलामा उनले भेरी अस्पताललाई ५ सय शैयाको अस्पताल बनाउन लागिएको जानकारी गराए ।
संघीय समाजवादी फोरम बाँकेका अध्यक्ष कमरुद्दीन राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद विजय बहादुर यादव, जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय बहादुर श्रीवास्तव लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । सो अवसरमा नयाँ शक्तिका नेता राजन राना १५० कार्यकर्ता सहित फोरममा प्रवेश गरेको युवा नेता विजय पाठकले बताए ।
