तलाउमा बालकको शव भेटियो

सदरलाइन संवाददाता १३ भाद्र २०७८, आईतवार १६:४२
 

नेपालगञ्ज : बाँकेमा आइतवार एकजना बालक मृत अवस्थामा फेला परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहास्थित नजिकैको तलाउमा डुवेको अवस्थामा स्थानीय ९ वर्षीय बालक समिर राइ फेला परेका हुन् ।

ती बालक सुस्त मनस्थितिका भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक खिमबहादुर घर्ति, जमुनाह प्रहरीका इन्चार्ज पूर्णबहादुर खत्री र सशस्त्र प्रहरी जमुनाह बिओपीका इन्चार्ज जीवन लाल बुढाको संयुक्त टोलिले तलाउबाट शव निकालेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विरयानी पसल चलाउने अन्सारी लागू औषधसहित प्रहरी फन्दामा

१३ भाद्र २०७८, आईतवार १६:४२
बर्दिया :  बर्दिया प्रहरीले राजपुरको विरयानी सेन्टरबाट लागू औषध सहित एकजनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । प्रहरीले बिरयानी सेन्टरका सञ्चालक अलिम अन्सारीलाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले दिएको जानकारी अनुसार शनिबार ईलाका प्रहरी कार्यालय राजापुर […]