एकता युवा क्लब पुरैनीले गर्यो सरसफाई कार्यक्रम

१९ पुष २०७६, शनिबार १८:३८
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  एकता युवा क्लब पुरैनीले शनिवार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वार्ड नं.२२ पुरैनीमा रहेको क्लबका पदाधिकारी र स्थानीयवासीहरुको सहयोगमा २२ नं. वडा कार्यालयदेखि नहरपुर्वाको चौकसम्म करीब १ किलोमीटर सडकको वरिपरि सरसफाई गर्नुका साथै थानीयवासीलाई सरसफाई सम्बन्धी सचेतना गराइएको थियो ।
२२ नंं. वडामा सडकको नजिक ३ वटा विद्यालय रहेकोले टे«क्टर, टिप्पर, अटोरिक्सा, ट्रक लगायतका सवारी साधन चालकहरुलाई तिब्र गतिमा सवारी साधन नचलाउन अनुरोध समेत गरिएको थियो ।
कार्यक्रममा सरसफाई सम्बन्धी जानकारी गराउनुका साथै घरको फोहोरलाई बाटोमा राखिएका डस्टबिनमा मात्र फोहोर राखौं जथाभावी फोहोर नफालौं भन्ने सचेतना स्थानीयहरुमा गराइएको जिल्ला समन्वय समितिका सदस्य चेतबहादुर घर्तीमगरले जानकारी दिए ।
कार्यक्रममा समाजसेवी चेतलाल गिरी, नवराज खनाल, अर्जुन पासी, अनिरुद्ध पण्डित, विष्णु साहु, तिलकराम साहु, साबिर दर्जी, भण्डारी गोडिया, सोम गुरुङ्ग, सन्त निंकारी मण्डल बाँकेका शिव प्रसाल गोडिया, रामचन्द्र जायसवाल, दिवस जङ्ग राणा, कन्धई गोडिया लगायतको सहभागिता रहेको थियो ।
सरसफाईका लागि चाहिने सामाग्री कुचो, मास्क, पन्जा लगायतका सामाग्रीहरु जिल्ला समन्वय समितिका सदस्य घर्तीमगर, साबिर दर्जी, जगदीश गोडिया, दिवस जङ्ग राणा, तिलकराम साहु, विष्णु साहु लगायतले सहयोग गरेको क्लबका अध्यक्ष राजेश कुमार यादवले जानकारी दिए ।

Next Post

समाजसेवी शाक्यलाई मातृ शोक

१९ पुष २०७६, शनिबार १८:३८
सदरलाइनडटकम, नेपालगञ्ज : लायन्स क्लब ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ नेपालका पुर्व डिस्टिक गभर्नर, समाजसेवी तथा यस अनलाइनका सल्लाहकार सेम शाक्यलाई मातृ शोक परेको छ । उनकी ममतामही माता सन्तकुमारी शाक्यको १०१ बर्षको उमेरमा शनिबार नेपालगञ्जमा निधन भएको हो । पाँच छोरी, एक छोरा बुहारी तथा नाती नातिनीको अभिभावक रहेकी माता […]