सदरलाइनडटकम,
काठमाण्डौ : भारत सरकाले आर्थिक वर्ष सन् २०२०/२१ का लागि बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले तीन खर्ब ७९ अर्ब ७७ करोड अमेरिकी डलर अर्थात् २६९ खर्ब ८५ अर्ब भारुको बजेट सार्वजनिक गरेकी हुन् ।
कृषिलाई प्राथमिकता दिइएको बजेटमा उच्च वर्गका लागि आयकरण बढाइएको छ भने मध्यमलाई न्यून गरिएको छ । कृषि क्षेत्रको विकासका लागि मात्र १५ अर्ब भारु कृषि ऋण प्रदान गर्ने घोषणा गरिएको मन्त्री सीतारमणले सदनमा प्रस्तुत गरेकी छन् ।
उनले पेश गरेको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा लगानी बढाइएको छ । (एजेन्सी)
