कालिकोटमा जीप दुर्घटना हुँदा एकको मृत्यु चार घाइते

सदरलाइन संवाददाता २२ असार २०७८, मंगलवार १८:३६
 


कालिकोट  :  कालिकोटको रास्कोट नगरपालिकाबाट मान्म जाँदै गरेको जीप नरहरीनाथ गाउपालिकामा दुर्घटना हुँदा एक जनाको ज्यान जानुको साथै चार जना घाइते भएका छन् ।

प १ ल २३ नम्बरको जीप शान्तिघाटको ओरालो बाटोमा दुर्घटना हुँदा सान्नीत्रिवेणी–३ की ३५ वर्षीया पम्फा फडेराको ज्यान गएको कालीकोट प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।


१४ यात्रु सवार रहेको सो जीप दुर्घटनामा परेर घाइते भएकाको उद्दार गरी थप उपचारको लागि अस्पताल पठाईएको छ । भिरालो र चिप्लो बाटो भएको कारण नियन्त्रण गुमाउदा जीप पल्टेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया प्रहरीद्वारा एकदिन कैद सजाय तोकिएका फरार कसुरदार पक्राउ

२२ असार २०७८, मंगलवार १८:३६
बर्दिया  :  बर्दिया प्रहरीद्वारा सवारी ज्यान मुद्दामा एकदिन कैद सजाय तोकिएका फरार कसुरदार पक्राउ गरी कारागार पठाएको छ । बर्दिया जिल्ला अदालतको २०७१ मंसिर १ गतेको फैसला आदेशले सवारी ज्यान मुद्दामा १ दिन कैद सजाय तोकिई फरार रहेका कसुरदार बारबर्दिया नगरपालिका वडानं. ७ बस्ने बर्ष ४५ को बलबहादुर थापा क्षेत्रीलाई […]

सम्बन्धित