राप्तीसोनारीमा राहत वितरण गरिँदै

सदरलाइन संवाददाता २७ आश्विन २०७९, बिहीबार १५:०२
 

राप्तीसोनारी (बाँके) : राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ का बाढी पीडितलाई राहत सामग्री वितरण कार्य शुरु गरिएको छ । उक्त वडाको सौरी, जरुवा र बगरपुरका ३१ घरधुरीलाई राहत स्वरुप चामल, नुन, तेल र दाल हस्तान्तरण गरिएको हो ।

राप्तीसोनारी १ का वडाध्यक्ष यमबहादुर खड्काका अनुसार अविरल वर्षापछि आएको राप्ती नदीको बाढीले सौरी, जरुवा र बगरपुरमा स्थानीय बासिन्दाको घर, गोठ तथा भान्सामा पानी पस्नुका साथै केही घर तथा गोठ भत्केका थिए ।


राप्तीसोनारी गाउँपालिकाको विपद ब्यवस्थापन कोषमार्फत वडा कार्यालयको समन्वयमा राहत वितरण गरिएको बताइएको छ । उक्त वडाको अन्य गाउँमा पनि राहत वितरण गरिने वडाध्यक्ष खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङका किसानलाई धान धित्र्याउने चटारो

२७ आश्विन २०७९, बिहीबार १५:०२
नेपालगञ्ज : लामो समय झरी लागेर दुई दिनदेखि मौसम खुल्न थालेपछि किसानलाई धान भित्र्याउने चटारो शुरु भएको छ । बुधबारदेखि मौसममा केही सुधार आएपछि किसानहरुलाई धान काटेर भित्र्याउने चटारो शुरु भएको हो । अहिले अरु काम छाडेर धान भित्र्याने काममा लागेको किसानहरु बताउँछन् । लमही नगरपालिका वडा ५ लमहीका पुन्टेश्वर […]