नेपालगञ्जमा मेयरकप साइकल दौड प्रतियोगिता सम्पन्न

सदरलाइन संवाददाता २२ मंसिर २०८०, शुक्रबार १५:११
 

नेपालगञ्ज : नेपालगञ्जमा मेयरकप साइकल दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपालगञ्ज साइक्लोथनका सयौं साइकलेहरुको सहभागिता र उपस्थितिमा सम्पन्न भएको आयोजक नेपालगञ्ज साइक्लिङ क्लब का अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।

अध्यक्ष निरौलाका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा सम्पन्न प्रतियोगितामा, थोपा प्रयोगशाला, रक्षक सेक्युरिटी, कृष्णसार एफएम, दैनिक नेपालगञ्ज, कालपृष्ठ राष्ट्रिय दैनिक र नेपालगञ्ज ग्यालरीको समेत सहकार्य थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टको प्रमुख आतिथ्यता र उपमेयर कमरुद्दिन राईको बिशेष आतिथ्यतामा भएको साइकल दौडमा एमटिबी पुरुष तर्फ १३ जनाको सहभागिता थियो भने एमटिभी पुरुष तर्फको उपाधी जित्दै बुटवलका प्रकाश थापा प्रथम, काभ्रेको अच्युत कृष्ण खरेल दोश्रो उदयपुर का निमा शेर्पा तृतीय भए भने एमटिबी महिलाको खेलमा ६ जना सहभागी मध्ये बाके बैजनाथकी रुपा थारु प्रथम, नेपालगञ्जकी एसी श्रेष्ठ दोस्रो र बैजनाथ कि रिमा थारु तृतीय भए ।


त्यस्तै साधारण साइकल तर्फ ८० जना सहभागी मध्य राप्ती सोनारीका जुगलाल थारु प्रथम ,राप्ती सोनारीका रमेशकुमार थारु दोस्रो र डुडुवाका बिनोद कुमार यादव तृतीय भए । साधारण साइकल महिला तर्फ बर्दिया कि इन्दिरा थारु प्रथम, राप्ती सोनारीकी मिना कुमारी थारु दोश्रो र राप्ती सोनारी कै समिता थारु तृतीय भए ।

एमटिबी स्पेसल तर्फको बिशेष दौडमा नेपालगञ्जका लक्ष्मीनारायण शाह प्रथम , राजिव बिक्रम शाह दोश्रो र डाक्टर बद्री चापागाईं तृतीय भए । खेलाडीहरु लाई नगद तथा बिशेष पुरुस्कार साथै मेडल र प्रमाणपत्र वितरण गरिएको क्लबले जनाएको छ ।

आयोजक नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने प्रहरी प्रशासन साथै स्वयंसेवक र सहकार्य गर्ने सस्थाहरु लाई धन्यवाद ज्ञापन गर्दै खेल आयोजनाले नेपालगञ्जमा साइकल खेल प्रति को आकर्षण बढ्नुका साथै साइकल खेलाडी उत्पादनमा टेवा पुगेको र आगामी प्रतियोगिता अझै उत्कृष्ट रूपमा आयोजना गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरम द रेमण्ड टेलर्स एण्ड सर्टिङ सुटिङ सेन्टर खुल्यो

२२ मंसिर २०८०, शुक्रबार १५:११
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा द रेमण्ड टेलर्स एण्ड सर्टिङ सुटिङ सेन्टर सञ्चालनमा आएको छ । शुक्रबार पुर्व युवा तथा खेलकुद बिकास मन्त्री महेश्वर गहतराज (अथक) ले रिबन काटेर द रेमण्ड टेलर्स एण्ड सर्टिङ सुटिङ सेन्टरको उदघाटन गरेका हुन् । पुर्ब मन्त्री गहतराजले व्यपार ठप्प भई आर्थिक अभाबका कारण सटरहरु […]