लक्ष्मणपुर स्वास्थ्य केन्द्रलाई बाँके युनेस्को मार्फत कतार च्यारेटीबाट स्वास्थ्य उपकरण सहयोग

१० पुष २०७६, बिहीबार १२:२२
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके)  : बाँकेको नरैनापुरमा रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनका लागि विभिन्न स्वास्थ्य उपकरण हस्तान्त्रण गरिएको छ ।
कतार च्यारेटीको आर्थिक सहयोग र बाँके युनेस्को क्लबले १४ लाख ६३ हजार ८ सय ९८ रुपयौँ बराबरको अस्पताल सञ्चालनको लागि आवश्यक सामाग्रीहरु नरैनापुर गाँउपालिकालाई हस्तान्त्रण गरिएको हो ।
सोही अवसरमा लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रमका बिच अल्ट्रसाउन्ड एक थान, फुल फोल्डिंग बेड जनरल ८ थान, डेलिभरी बेड २ थान, म्याट्रेस १० वटा, बिरामी बोक्ने ट्रलि ५ वटा र ह्विल चियर ५ वटा रहेका छन् ।
यी सामाग्रीहरु जिल्ला सान्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीबास्तव, नरैनापुर गाउपालिकाका अध्यक्ष मोहम्मद ईस्तियाक अहमद शाह, स्वास्थ्य केन्द्रका निमित्त प्रमुख नबिन बुढाथोकीलाई बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरी संरक्षक प्रवेज अलि सिद्दिकी, कतार च्यारेटीका कार्यक्रम अधिकृत ईर्शाद शेषलगाएतले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेका संयोजक श्रीबास्तवले सुगम जिल्लाको बिकट क्षेत्रमा रहेको लक्ष्मणपुर स्वास्थ्य केन्द्र सञ्चालनको लागि आवश्यक उपकरण उपलब्ध गराई दिने सहगोगि मनहरुलाई धन्यवाद दिदै यी उपकरण यस क्षेत्रमा रहेका सबै नगरिकको उपचारको लागि फलदायी हुनेमा बिश्वास ब्यक्त गरेका थिए ।
बाँके युनेस्को क्लवका अध्यक्ष राजेन्द्र चौधरीले नरैनापुरका जनताको स्वास्थ्य सेवामा पहुँच पुराउनको लागि क्लवका माध्यामबाट केही उपकरण उपलब्ध गराउन पाएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा समेत यस्तो सहयोगको लागि आफुले पहल गर्ने बताए ।
कतार च्यारीटी नेपालका कार्यक्रम अधिकृत इर्साद शेखले आफ्नो संस्थाले बाँकेमा रहेर बिभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको बताए । उनले भने बिशेष गरि ग्रामिण क्षेत्रमा बसोबास गर्ने ब्यक्तिहरुकोृ स्वास्थ्यलाई मध्यनजर गर्दै भिडियो एक्सरे मेसिन लगाएतका सामाग्रीहरु सहयोग गरेको बताउदै आगामी दिनहरुमा पनि यस्तो सहयोग जारी रहने प्रतिबद्धता जनाए ।
नरैनापुर गाउपालिकाका अध्यक्ष शाहले नरैनापुरमा स्वाथ्यकर्मीको अभाव तथा स्वास्थ्य सुविधा नभएको कारण यहाँका जनता दुख विमार पर्दा स्वास्थ्य लाभका लागि भारतीय बजार वा भारतीय झोले डाक्टरसंग भर पर्ने बाध्यता अव विस्तारै हटेर जाने बिश्वास ब्यक्त गर्दै अझ थप सामाग्री र जनशक्तिको आवश्यकता भएको औल्याए । सो स्वास्थ्य केन्द्रका निमित्त प्रमुख नबिन बुढाथोकिले स्वास्थ्य केनद्र सञ्चालनको लागि उपलब्ध सामाग्रीहरुका कारण गुणस्तरिय स्वास्थ्य सेवा दिन आफुहरुलाई सहज हुने बताए ।
उनले स्वास्थ्य केन्द्र संचालनका लागि दक्ष जनशक्तिको कमि भएको हुदा दरबन्दी अनुसारको जनशक्ति भएमा सामाग्रीहरुबाट प्रभाबकारी रुपमा सेवा बिस्तार गर्न सकिने बताउदै यसरी सामाग्रीहरु प्रदान गर्ने संस्थालाई धन्यबाद समेत दिएका थिए ।

Next Post

नेपालगञ्ज महोत्सवको तयारी पुरा

१० पुष २०७६, बिहीबार १२:२२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उपमहानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म नेपालगञ्जको सडक विभाग परिसरमा आयोजना गर्ने महोत्सवको तयारी पुरा भएको छ । निर्वतमान शहरी विकास मन्त्री एवं बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद मोहम्मद […]

सम्बन्धित