बाँकेमा १७ संक्रमित थपिँदा ३ जना कोरोनामुक्त

सदरलाइन संवाददाता १२ कार्तिक २०७८, शुक्रबार १३:१३
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १०४ नमुना परीक्षण गर्दा १७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ७० नमुना परीक्षण गर्दा १४ जना, मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । बागेश्वरी ल्यावमा ९ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

शुक्रवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४०५ पुगेको छ ।


यस्तै शुक्रवार थप ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १२ पुगेको छ ।

यसैगरी ७ जना सिकिस्त विरामी रहेका छन् भने ६ जना मध्यम विरामी रहेका छन् । ५ जनाको भने भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा एकजनाको मृत्यु

१२ कार्तिक २०७८, शुक्रबार १३:१३
नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । गढवा १ दाङका ३३ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा शुक्रवार दिउँसो १ बजे मृत्यु भएको हो । असोज २ गते संक्रमण पुष्टि भएका उनलाई असोज २१ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उनको दिउँसो […]