धम्बोझी क्लव भयो जिल्ला लिग च्याम्पियन

१ असार २०७६, आईतवार ११:३७
 

सदरलाइनडटकम,
नेपालगञ्ज   : बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगञ्जको प्रहरी तालिम केन्द्रको खेलमैदानमा जारी जिल्ला लिग प्रतियोगिताको उपाधि धम्बोझी क्लवले जितेको छ ।

आइतबार बिहान सम्पन्न फाइनल खेलमा धम्बोझी क्लवले मोडेल टिम सिगाउँलाई शुन्यकाबिरुद्ध २ गोलले पाखा लगाउदै खेलको उपाधि जित्न सफल भएको हो ।

धम्बोझी क्लवका विशाल थापाले १९ औ मिनेटमा र ब्यापक राज शाहीले ३६ औं मिनेटमा गोल गरेका थिए भने मोडेल टिमका तर्फबाट गोल फर्काउने प्रयासलाई धम्बोझीको रक्षापङतीले कडा प्रतिबाद गरेका कारण गोल रहित बन्नु पर्यो ।


धम्बोझी क्लबले ट्रफि, मेडल, प्रमाणपत्रसहित २१ हजार नगद प्राप्त गर्यो भने मोडेलले ११ हजार नगदसहित प्रमाणपत्र, प्राप्त गरेको छ । यसैगरी खेलको उत्कृष्ठ खेलाडिमा धम्बोझी क्लवका प्रविण कुमार सुनार घोषित भएका थिए ।

विजयी टिमलाई प्रहरी तालिम केन्द्र कर्णाली प्रदेश हाल नेपालगन्जका समादेशक तथा प्रहरी वरिष्ठ उपरिक्षक डा. दानबहादुर बोहरा, नेपालगन्ज उप–महानगरपालिकाको प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष प्रमोद रिजाल, जिल्ला फुटवल संघका भोजराज शाहीलगायतले पुरस्कार बितरण गरेका थिए । गत जेठ २५ गतेदेखि सुरु भएको जिल्ला लिग प्रतियोगितामा ११ टिमले सहभागिता जनाएको थियो ।  

Next Post

जानकीका बालबालिकालाई झोला प्रदान

१ असार २०७६, आईतवार ११:३७
सदरलाइनडटकम, जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकामा सञ्चालित मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमअन्तर्गत आज २ सय १५ जना विद्यार्थीलाई झोला वितरण गरिएको छ । जानकी गाउँपालिका वडा नं. १ साईगाउँस्थित आधारभूत विद्यालय शिवपुरी ७५, नेरा प्रावि बढैया ४१, नेराप्रावि पचपोखरा २४, कुवा मस्जिद मदरसा २६, मदरसा मसउदिया हावीउलरजा ३१ र मदरसा […]