नरिवलको रक्सी पिउँदा आठको मृत्यु

७ पुष २०७६, सोमबार १५:५५
 

सदरलाइनडटकम,
काठमाण्डौ : नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा ८ जनाको मृत्यु भएको छ । रक्सीकै कारण बिरामी भएका अन्य सयौं जना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुनसक्ने विश्वास गरिएको छ ।
राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने रिजाल भन्ने ठाउँमा भएको हप्तान्त भेलामा सहभागी भएर रक्सी सेवन गरेकाहरुमध्ये केहीको मृत्यु भएको र केही बिरामी भएका हुन् । रक्सी सेवन गरेपछि उनीहरुले शुरुमा पेट दुखेको बताएका थिए । बिरामी भएकामध्ये ९ जनाको अवस्था गम्भीर रहेको राजधानी मनिलास्थित फिलिपिन्स जनरल अस्पतालका प्रवक्ता जोसे जोनास डेल रोसारिओले जानकारी दिए ।
रक्सी सेवनका कारण बिरामी भएका ३०० जना अस्पतालमा भर्ना भएका उनले बताए । उनीहरु सबैको बिरामीको कारण एउटै देखिएको चिकित्सकहरुको भनाई छ । क्रिसमसको अवसरमा अत्यधिक माग हुने यस रक्सीको बेचविखन, वितरण र सेवनमा प्रतिबन्ध लगाउन स्थानीय सरकारले आदेश दिएको छ । बजारमा बिक्री–वितरणका लागि पाइने नरिवलको अधिकांश रक्सी स्थानीय बासिन्दाले नै बनाउने गर्दछन् ।
रक्सी बनाउने अधिकांश स्थानीय बासिन्दा पछाडि पारिएको समुदायका हुने गरेका छन् । पछाडि पारिएको अशिक्षित समुदायले बनाउने यस प्रकारको रक्सीमा गुणस्तर राम्रो नहुने गरेकाले धेरै उपभोक्ता बिरामी हुने गरेको चिकित्सकहरुको भनाई छ । (एजेन्सी)

Next Post

राँझामा लायन्सको निशुल्क स्वास्थ्य शिविर पाँचसय बढीले लिए सेवा

७ पुष २०७६, सोमबार १५:५५
सदरलाइनडटकम, नेपालगञ्ज : लायन्स क्लव अफ नेपालगञ्ज सिद्दिबिनायकको आयोजना तथा निरामाया मेडिकल राँझा र रामारोशन मेडिकल हल नेपालगञ्जको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिका २० राँझामा निःशूल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो स्वास्थ्य शिविरमा करिव ५ सय जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । ति मध्ये एकसय बढीलाई बिशेषज्ञ उपचार आवश्यक पर्ने […]

सम्बन्धित