सदरलाइनडटकम,
नेपालगञ्ज : अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा कान्जीहाउसमा बृक्षारोपण गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवस अगष्ट १२ मनाउने क्रममा दोस्रो कार्यक्रमका रुपमा शनिवार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ गंगारामपुर्वास्थित कान्जीहाउसमा बृक्षारोपण गरिएको हो ।
जिल्ला युवा क्लब संजाल बाँकेले बिभिन्न संघसंस्थाको समन्वय सहकार्यमा दिवसका अवसरमा बिभिन्न कार्यक्रम गर्न लागेको बताइएको छ । बृक्षारोपण कार्यक्रमका संयोजक साहिल अन्सारीका अनुसार ३० बढि बर पिपलका बिरुवा रोपिएको छ ।
दिवसको सन्दर्भमा यसअघि शुक्रबार नेपालगञ्जमा शैक्षिक रुपान्तरण बिषयक खुल्ला वक्तृत्वकला प्रतियोगिता गरिएको थियो ।
