सदरलाइनडटकम,
नेपालगञ्ज : लायन्स क्लव अफ नेपालगञ्ज सिद्दिबिनायकको आयोजना तथा निरामाया मेडिकल राँझा र रामारोशन मेडिकल हल नेपालगञ्जको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिका २० राँझामा निःशूल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
सो स्वास्थ्य शिविरमा करिव ५ सय जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । ति मध्ये एकसय बढीलाई बिशेषज्ञ उपचार आवश्यक पर्ने भएकाले भेरी अस्पताल नेपालगञ्ज र मेडिकल कलेजमा रिफर गरिएको उपचारमा संलग्न डा. गोमा रिमालले जानकारी दिईन ।
उनले स्वास्थ्य चेकजाँचका क्रममा रक्तचाप, सुगर र हाडजोर्नीका विरामी धेरै पाइएको बताईने ।
शिविरमा स्त्री र फिजिसियन सेवासहितको आर्मि हस्पिटल नेपालगञ्जमा कार्यरत बरिष्ठ फिजिसियन डा रविन्द्रजंग रायमाझी, मेडिकल अफिसर बुद्धिमान तामांग, भेरी अस्पतालमा कार्यरत डा रतनबीर सुनारलगायतले सेवा दिएका थिए ।
