कांग्रेस बाँकेका प्रबक्ता गिरीलाई पितृशोक

सदरलाइन संवाददाता ९ आश्विन २०८०, मंगलवार १६:०९
 

नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरीलाई पितृ शोक परेको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ निवासी प्रबक्ता गिरीका ८० बर्षीय बुवा रामु गिरीको आज बिहान घरमै निधन भएको हो । दमको बिरामी भएपनि सामान्य अवस्थाका गिरीको मंगलवार विहान सवा ८ बजे एक्कासी निधन भएको हो । उनलाई हृदयघात भएको आशंका गरिएको छ ।


काँग्रेस बाँकेले दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्यान्सर पीडित कलाकार श्यामानन्दको उपचार सहयोगार्थ अपील

९ आश्विन २०८०, मंगलवार १६:०९
नेपालगञ्ज : नेपालगञ्जका श्रष्टा श्यामानन्द सिंह ठकुरी अहिले क्यान्सरसँग जुधिरहेका छन् । ६९ वर्षीय वरिष्ठ कलाकार सिंहको एक महिना अघि पेटको आन्द्रामा क्यान्सर देखिएपछि अहिले विपी कोइराला मेमारियल क्यान्सर अस्पताल चितवनमा उपचार भइरहेको छ । हस्तकला, चित्रकला, गीत/संगीत, साहित्य र नाटय लगायतका सिर्जनात्मक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार […]