सदरलाइनडटकम,
दाङ : पानीमा डुबेर आईतवार दाङमा दुई बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १ अठ्ठाईसेको किचेनी दहमा डुबेर दुई बालकको मृत्यु भएको हो ।
स्थानीय भुपेन्द्र घर्तीका साढे २ बर्षीय छोरा युवराज घर्ती र बुद्धीराम घर्तीको ४ बर्षीय छोरा समिर घर्तीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । खेल्ने क्रममा बालकहरु पानीमा डुबेको बताईएको छ । घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
