अन्तर विद्यालय फुटवल : पशुपति मावि, भुपुसैनिक, नेपालगन्ज मोडेल र जनज्योति विजयी

३१ बैशाख २०७५, सोमबार २०:३४
 

सदरलाइनडटकम 
३१ बैशाख, नेपालगन्ज  : नेपालगन्जमा जारी अन्तरविद्यालय मेयरकप छात्र÷छात्रा फुटबल प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा पशुपति मावि रांझा, भुपु सैनिक, नेपालगन्ज मोडेल र जनज्योति विजयी भएका छन् ।
सोमवार विहान सम्पन्न यु–१४ तर्फ पशुपति मावि रांझाले दिप ज्योतिलाई टाईब्रेकरमा २ को विरुद्ध ४ गोलले पराजित गर्न सफल भयो । निर्धारित समयमा दुबै टिमबाट कुनै गोल हुन नसकि खेल बराबरीमा पुगेपछि नतिजाको लागि टाईब्रेकरमा कुर्नु परेको थियो ।
दोश्रो खेलमा भुपुसैनिकले वेस्टजोनलाई १ का विरुद्ध ४ गोलले पराजित ग¥यो । भुपुसैनिकको तर्फबाट प्रवीन थापा क्षेत्रीले हैट्रिक ३ गोल तथा नितिन रावतले १ गोल गरेका थिए भने वेस्टजोनका हिकमत सावतले १ मात्र गोल गरेका थिए ।
यसैगरी दिउँसो भएको सिनियर खेल तर्फ नेपालगन्ज मोडेल एकाडेमीले दिपज्योति चिसापानीलाई ३–० ले हरायो । नेपालगन्ज मोडेलका एलिस सुनार, किस्मत सुनार र किरण ओलीले क्रमस १÷१ गोल गरेका थिए ।
दोश्रो खेलमा जन ज्योति कोहलपुरले पुशपतिलाई ४–३ ले पराजित गर्यो । जन ज्योतिका रंजन राणा, दान बाहदुर बीसी, इश्वर घर्ती र सरोज थारुले १÷१ गोल गरेका थिए भने पशुपतिका अमित शाहीले २ तथा विवेक खत्रीले १ गोल गरेका थिए ।
बाँके जिल्ला फुटबल संघ र नेपालगन्ज उपमहानगरपालिकाको सयुक्त आयोजनामा भएको खेलमा १४ बर्ष मुनि र १६ बर्ष मुनि ब्वायज तथा १६ बर्ष मुनिको गर्ल्स गरि ३ वटा विधामा प्रतिस्पर्धा भई रहेको प्रतियोगितामा बाँके जिल्ला भरिका ३४ वटा टिमले सहभागिता जनाएका छन् ।
यु–१४ ब्वायजमा जम्मा १६ विद्यालयका टिमले सहभागिता जनाएका छन् भने यु–१६ ब्वायज टिममा १४ विद्यालयका टिमले सहभागिता जनाएका छन् । त्यसै गरि यु–१६ गर्ल्समा ४ विद्यालयका टिमले सहभागिता जनाएका छन् ।

Next Post

आयुर्वेदद्वारा स्वास्थ्य शिविर तथा जेष्ठ नागरिकलाई सम्मान

३१ बैशाख २०७५, सोमबार २०:३४
सदरलाइनडटकम १ जेठ, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका आयुर्वेद स्वास्थ्य शाखाले नगरको वडा न ८ का जेष्ठ नागरिकलाई लक्षित गर्दै निशुल्क आयुर्वेद स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरेको छ । नेपालगन्ज उप–महानगरपालिका वडा न ८ को सहयोगमा सोमबार सो वडाका करिव ५० जेष्ठ नागरिकको स्वास्थ्य जाँचका साथै आयुर्वेदिक औषधोपचार गरिएको हो । […]