दुई वर्षदेखि स्थगित ‘सुदूरपश्चिम महोत्सव’ धनगढीमा हुने

सदरलाइन संवाददाता १ चैत्र २०७८, मंगलवार १५:०४
 

नेपालगञ्ज : कोरोनाका कारण दुई वर्षदेखि स्थगित सुदूरपश्चिम महोत्सव धनगढीमा लाग्ने भएको छ । यही चैत्र १० गतेदेखि २० गतेसम्म महोत्सव सञ्चालन गर्ने गरी तयारी कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।

माघ १८ गतेदेखि आयोजना हुने भएपनि कोरोनाको संक्रमण बढ्न थालेपछि तयारी सुरु भएको सुदूरपश्चिम महोत्सव २०७८ अन्तिममा आएर स्थगत गर्नु परेको थियो ।


कोरोनाका कारण दुई वर्षदेखि स्थगित भएको महोत्सव माघमा संचालन गर्ने तयारी भएपनि कोरोनाका कारण अन्तिम समयमा आएर सुदूरपश्चिम महोत्सव स्थगित गर्नु परेको कैलाली उद्योग बाणिज्य संघका सचिव ओम बिष्टले जानकारी दिए ।

पछि मौसम प्रतिकुल नहुने भएका कारण चैत्र १० गते नै महोत्सव सञ्चालन गर्ने गरी तयारीमा थालिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुस र युक्रेनबीच जारी युद्धको असर नेपालगञ्जको भान्सासम्मै

१ चैत्र २०७८, मंगलवार १५:०४
नेपालगञ्ज : रुस र युक्रेनबीच जारी युद्धको असर नेपालगञ्जको भान्सासम्मै पर्न थालेको छ । व्यवसायीहरुले युद्धको कारण देखाएर खाने तेलको मूल्य बढाउन थालिसकेका छन् । आपूर्ति प्रणाली खलबलिँदा त्यसको असर नेपालगञ्जसहित मुलुकभर पर्न थालेको हो । रुस र युक्रेनबीचको जारी युद्धका कारण नेपालगञ्ज भन्सारबाट मालबाहक गाडीहरु कम आउन थालेका छन् […]