बाँकेका एघार जनामा कोभिड पुष्टि

सदरलाइन संवाददाता २६ पुष २०७८, सोमबार १३:३८
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ९२ नमुना परीक्षण गर्दा १५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा ३५ नमुना जाँच्दा ९, मेडिकल कलेज कोहलपुरमा २३ नमुना परीक्षण गर्दा १ र बागेश्वरी ल्याबमा ३४ नमुना परीक्षण गर्दा ५ जनामा कोरोना देखिएको हो ।

संक्रमण पुष्टि भएकामध्ये ११ जना बाँकेका छन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार ५ सय ३१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाघ नियन्त्रणका लागि भुवर भवानीमा विशेष पुजा

२६ पुष २०७८, सोमबार १३:३८
राप्तीसोनारी (बाँके) : दिनदिनै बाघले मान्छे मार्न थालेपछि भुवर भवानी मन्दिरमा विशेष खालको पुजा पाठ गरिएको छ । सोमबार राप्ती सोनारी ३ बनघुसरीमा रहेको यस क्षेत्रको सबैभन्दा ठुलो शक्ति पिठ भुवर भवानी मन्दिरमा विशेष पुजापाठ गरिएको हो । सदियौंदेखि मन्दिरमा पुजापाठ गर्दै आएका थारु गुरुवाहरुले बाघ नियन्त्रणका लागि विशेष खालको […]

सम्बन्धित