बाँकेसहित देशभर चिसो बढ्यो, जनजीवन प्रभावित

३ पुष २०७६, बिहीबार १८:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : पश्चिमी वायुको प्रभावले बाँकेसहित देशभर चिसो बढेको छ । बिहीवार नेपालगञ्जको न्यूनतम तापक्रम १० दशमलव ० डिग्री सेल्सियस रहेको छ भने काठमाण्डौमा यो वर्षकै कम ३ दशमलव ३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । बुधवार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस थियो ।
तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुश गरिएको छ । पश्चिमी वायुको प्रभावले देशभर तापक्रम घट्ने क्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुल्ला भए तापक्रम घट्ने हुन्छ ।
पश्चिम तराईका जिल्लामा एक्कासी चिसो बढेको छ । चिसो बढेसँगै कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुरलगायतको जिल्लामा हुस्सुकुहिरोले जनजीवन प्रभावित भएको छ । चिसोबाट विषेशगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेकाले चिकित्सकले विभिन्न सावधानी अपनाउन आग्रह गरेका छन् ।
त्यस्तै महाशाखाले बिहीवार आगामी २४ घण्टाको चेतावनी तथा परामर्श जारी गदैँ तराईका भू–भागमा बुधवार भन्दा बिहीवार मौसममा क्रमिक सुधार हुदैँ गएपनि दिउँसो राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आइ चिसो नै रहने हुँदा त्यसबाट बच्न आग्रह गरेको छ ।
त्यस्तै बिहीवार सबैभन्दा कम जुम्लाको न्यूनता तापक्रम माइनस ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

Next Post

तराईमा शीतलहर र हुस्सुको प्रभाव घट्दै जाने

३ पुष २०७६, बिहीबार १८:३३
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : तराईमा केही दिन अघिदेखि लागेको हुस्सु र शीतलहको प्रभाव शुक्रवार बेलुकीदेखि कम हुने मौसमविद्ले बताएका छन् । शुक्रवार केही पानी पर्ने सम्भावना भएकाले तराईको हुस्सु र शीतलहर बेलुकीदेखि बिस्तारै हट्दै जाने र अन्य ठाउँको मौसम पनि क्रमशः खुल्दै जाने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा […]

ताजा अपडेट