कसैलाई खुसी पार्न सिमाङ्कन हेरफेर गर्न सकिदैन : एमाले उपाध्यक्ष गौतम

१९ कार्तिक २०७३, शुक्रबार १२:४९
 

रुद्र सुवेदी/सदरलाइनडटकम,

 IMG_1541
१९ कात्तिक, नेपालगन्ज : नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रदेशको सिमांकन कसैलाई खुसी पार्नको लागि हेरफेर गर्न नसकिने बताएका छन् । एमाले बाँकेले शुक्रबार दशै तिहार छठ, हिजरी संवत, नेपाल संवत लगायतका पर्वको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।
उनले अबहुने संविधान संशोधनका क्रममा ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरु सो प्रदेशबाट अलग गर्ने चर्चा चलेको प्रसंङ्ग कोट्टयाउदै भने–‘ अव प्रदेशको सिमाङ्कनको कुरा जनमत संग्रहबाट मात्र निर्णय हुनु पर्छ ।’ प्युठानबाट सभाषद निर्वाचित नेता गौतमले ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई अलग गर्ने बिषयमा जनमत संग्रह गर्नुपर्ने बताएका हुन् ।
नेता गौतमले भने,–‘संविधान संशोधनका नाममा ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई अलग गरेर तराईका जिल्लाहरुको मात्र अलग प्रदेश बनाउने चर्चा सुनिन्छ । त्यहांका जनतालाई नसोधेर केही दलका निर्णयका आधारमा जिल्ला जिल्ला अलग गर्न मिल्छ ?’ नेता गौतमले पहाडी जिल्लाहरु अर्घाखाची, पाल्पा, गुल्मी, प्युठान, रोल्पा जिल्लाका जनताहरु कुुन क्षेत्रमा जान चाहान्छ ? भनेर जनमत संग्रह गरिनुपर्ने बताए ।

IMG_1550
नेता गौतमले आबश्यकताका आधारमा संविधान संशोधन गर्ने बिषय संविधान्ले अधिकार नै भएको स्मरण गराउदै तर संविधान संशोधन औचित्यताका आधारमा हुनुपर्ने बताए । उनले कसैको करकापमा परेर गर्न लागिएको संविधान संशोधनका बिरुद्ध नेकपा एमाले उत्रने चेतावनी दिदै उनले भने,–‘संविधान जारी भइसकेपछि जर्बजस्त जनतालाई आन्दोलनमा होम्ने काम भयो । भारतले नाकाबन्दी लगायो । अहिले जनताहरु सम्हालिरहेका बेला फेरी अराजकता मच्याउनका लागि संविधान संशोधनको कुरा उठाईदिएको छ । हामी त्यसलाई स्वीकार गर्दैनौ ।’

IMG_1561
उनले बर्तमान सरकारले भारतीय राष्ट्रपति नेपाल आउँदा राष्ट्रिय बिदा घोषणा गर्नु विदेशी समक्ष आत्मसमर्पण गरेको नाङ्गो उदाहरण भएको ठोकुवा गर्दै भने–‘१८ वर्षपछि भारतीय राष्ट्रपति नेपाल आउदै छन् उनी आउनु राम्रो हो । तर, सरकारले भने उनी नेपाल आउँदा सबै सरकारी संयन्त्र नै ठप्प हुने गरी राष्ट्रिय विदा दियो यो काम भने अति नै आत्मसर्मपण गर्दै चाकरी गरे जस्तो भयो ।’
उनले नेपालमा राष्ट्रिय विदा दिनु र विदेशमा रहेका नेपाली राजदूतावास लगायतका ठाँउमा समेत बिदा घोषणा गर्नु ‘कही नभएको जात्रा हाँडी गाउमा’ भएको जस्तै भएको उनको कथन थियो । उनले भने–‘ के नेपाली राष्ट्रपति भारत जाँदा भारतले पनि त्यहाँ राष्ट्रिय विदा दिन्छ त ? किमार्थ दिदैन त्यसैले यत्रो भक्तिपूर्ण चाकरी किन ।’


IMG_1552
एमाले उपाध्यक्ष गौतमले सरकारले अप्रत्यसित र असमान व्यवहार देखाउनुको कारण सत्ता र कुर्ची जोगाउन गरेको तर्क अघि सार्दै भने–‘विदेशीहरुको मन दुख्छ की भन्दै डरले त्राहिमाम रहेको छ । नेपाली जनताको नजरबाट खस्ने डर भन्दा बिदेशीको नजरमा खस्नु नपरोस भनि डरले सरकार थर्कमान रहेको छ ।’
उनले सरकारको अगाडि अहिले कुर्ची कसरी जोगाउने भन्ने चिन्ता छ अनि कसरी विकासको बारेमा सोच्न सक्छ ? भन्दै प्रचण्ड सरकारले केपी ओली नेतृत्व सरकारकै बजेट र नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने हो भने ओली सरकारलाई अविश्वासको प्रस्ताव ल्याउनुको कारण र औचित्य पुष्टि गर्न नसकेको दावी गरे ।
सत्तारुढ गठबन्धनका एमाओवादी र नेपाली काँग्रेसले मधेशी मोर्चासंग गरेको ३ बुँदे सम्झौताको बारेमा चर्चा गर्दै पूर्व उपप्रधान तथा गृह मन्त्रीसमेत रहेका नेता गौतमले मधेश भनेको सिराह र सर्लाहीको निर्वाचन क्षेत्र मात्र नभएको बताए । उनले भने–‘संविधान संशोधनको कुरा चर्चामा छ २ तिहाई नभई संभव छैन तर, कसका लागि संशोधन गर्ने किन गर्ने भन्ने कुरा आउनु प¥यो नि । आफ्नो निर्वाचन क्षेत्रमै पराजित भएका नेतालाई खुसी पार्न उनीहरुले जे भने त्यही गर्न संभव छैन । संविधान संशोधन गर्न सकिन्छ तर, औचित्य पुष्टि हुन आवश्यक छ ।’

IMG_1546

IMG_1564

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा बृहत कवि गोष्ठि सम्पन्न

१९ कार्तिक २०७३, शुक्रबार १२:४९
सदरलाइनडटकम,      १९ कात्तिक, कोहलपुर : हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान र कला साहित्यडटकमको सहकार्यमा कोहलपुरमा बृहत काव्य गोष्ठि सम्पन्न भएको छ । नेपाली साहित्य राजधानीमा मात्रै केन्द्रित नभइ देश भित्र र बाहिर लैजान आवश्यक रहेको र सोहि अनुरुप कविताकै लागि पश्चिम आएको कला साहित्यडटकम काठमाण्डौकी अध्यक्ष तथा कवि मोमिलाले बताइन । […]

सम्बन्धित