सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ ले बुधवार कार्यालयबाट प्रदान गरिने सेवा र सुविधाको प्रभावकारिताको विषयमा सार्वजनिक सुनुवाई गरेको छ । कार्यक्रममा वडाध्यक्ष दीपक वर्माले कार्यालयबाट भएगरेका कामहरु सार्वजनिक गरेका छन् ।
वडाध्यक्ष वर्माले सुर्खेतरोडको कारकादौंदेखि राझाँ चोकसम्मको नाली फराकिलो बनाउने प्रस्ताव आफुले उपमहानगरपालिकामा गरेको बताए । नाली साँघुरा हुँदा डुबान समस्या देखिएको वडाध्यक्ष बर्माले बताए । सो अवसरमा स्थानीय बासिन्दाले डुबान समस्या समाधानको लागि माग गरेका थिए ।
