काेहलपुर (बाँके ) : बाँकेकाे काेहलपुरमा एमाले निकट युवामाथी माओवादी कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् ।
काेहलपुर १ काैशिलानगरमा माओवादी निकट युवाहरुले एमाले निकट शुदिप थापामाथी खुकुरी प्रहार गरि घाइते बनाईका छन । उनकाे टाउकाेमा चाेट लागेकाे छ ।
माेटरसाइकलमा आएका माओवादी निकट युवाले थापाकाे घरमै पसेर माओवादी उम्मेदवारलाई किन भाेट नहाल्ने भनेकाे भन्दै टाउकाेमा खुकुरी प्रहार गरेकाे स्थानीयले जानकारी दिए।![]()
घाइतेकाे दशबिगाह स्थित नर्सिङ हाेममा उपचार भैरहेकाे छ । घटनाकाे बारेमा प्रहरीले अनुसन्धान सुरु गरेकाे जनाएकाे छ ।
