सवारी चालक लाईसेन्समा ‘सेटिङ्ग’ गर्नेको विगविगी

२५ आश्विन २०७४, बुधबार १७:०२
 

सदरलाइनडटकम 
२५ असोज, नेपालगन्ज : लामो समयको अन्तरालपछि यातयात व्यवस्था कार्यालय भेरीले विभिन्न वर्गको लागि सवारी चालक अनुमती पत्र (ड्राईभिङ्ग लाईसेन्स) को आवेदन खोलेको छ । आवेदन खुलेसंगै लाईसेन्समा पास गराईदिने र सेटिङ्ग गर्नेहरुको चुरीफुरी पनि त्यत्तिकै बढेको छ ।
दशै अघिदेखि नै टेक्टरको लाईसेन्सको लागि आवेदन खोलेको सो कार्यालयले लिएको ट्रायलमा अत्यन्तै न्यून व्यक्तिले ट्रायल पास गरेको भएपनि आबेदन दिएका मध्ये आधाबढीलाई ‘सेटिङ्ग’ मै पास गराईएको जानकारीमा आएको छ । यसरी लाईसेन्स लिनेहरुले जनही १० हजार बुझाएको स्रोतले दाबी गरेको छ ।
‘ट्रायल दिएर पास भए पनि सेटिङ्ग मार्फत गएकाले दस हजार बुझाउनै पर्ने गरी काम गरिएको छ’– परिचय नखुलाउने सर्तमा एक सेवाग्राहीले भने । यातायात कार्यालय परिसर भरी नै यस्ता सेटिङ्ग मिलाउनेहरुको बिगविगी रहेको उनी बताउछन् ।
‘कार्यालय परिसरमा सेवा लिन आउने सेवाग्राहीसंग मोलमोलाई समेत गरेको प्रत्यक्ष भेट्न सकिन्छ’–उनले भने–‘ सवारी चलाउन सिकाउने ड्राईभिङ्ग ईन्सीच्युटले सिक्न आउने प्रशिक्षार्थी संगै लाईसेन्स बनाई दिने गरी आफ्नो शुल्क लिने गरेका छन् ।’ टेक्टर, मोटरसाईकल र स्कुटीको लागि १० हजार, चारपाङ्गे लाईटको लागि १५ हजार, जेसिभि, एक्जाभेटर, हेभि चारपाङ्गेको लागि २० हजार मूल्य नै तोकेरै सेवाग्राहीसंग पैसा उठाउने र उनीहरुले नै फारम भर्नेदेखि ट्रायल मिलाउने सम्म काम गर्ने गरी सेटिङ्ग हुने गरेको छ ।
यातायात व्यवस्था कार्यालय भेरीले करिव १ वर्ष अघि लिएको लाईसेन्सको परीक्षामा अनियमितता भएको भन्दे अख्तियारले हस्तक्षेप गरेपछि रोकिएको थियो । यसैबीच यातयात व्यवस्था कार्यालयका प्रमुख बिनोद पोखे्रलसंग सो विषयमा जानकारी लिन खोज्दा उनीसंग सम्पर्क हुन सकेन ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनताको अपेक्षा अनुसारको सेवा लिन केही समय पर्खनु पर्छ : सामान्य प्रशासन मन्त्री बस्नेत

२५ आश्विन २०७४, बुधबार १७:०२
सदरलाइनडटकम  २५ असोज, नेपालगन्ज : सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले जनताको अपेक्षा अनुसारको सेवा दिन अझै केही समय कुर्नु पर्ने बताएका छन् । उनले सामान्य प्रशासन मन्त्रालयले युएनडिपीको सहयोगमा स्थानीय तहका नव निर्वाचित जनप्रतिनिधिहरु संग प्रशासन, सर्वाजनिक वित्त तथा मानव स्रोत व्यवस्थापन सम्बन्धमा आयोजना गरेको तीनदिने अन्तरक्रिया कार्यक्रममा सो कुरा […]