नेपालगञ्जमा श्रीबास्तब समूहद्वारा अर्को कुटपिट, प्रहरी अनबिज्ञ

सदरलाइन संवाददाता २७ असार २०७९, सोमबार १४:०४
 

नेपालगञ्ज :  गत जेठ २३ गते अपरहणको शैलिमा नेपालगञ्जको स्टारलाईट होटलको क्यासिनोबाट अपहरणको शैलिमा कुटपिट गर्ने समुहले पुन गएराति नेपालगञ्जको किङ्गक्रशमा दुईजनालाई कुटपिट गरेका छन् ।

नेपालगञ्जको किङ्गक्रशमा पंकज श्रीवास्तब, अनुराग शाह, सुरेश कुर्मीको समुहले खजुरा–५ का रबिन बिक र नेपालगञ्ज– ३ का दुर्गेश बानियाँलाई निर्घात कुटपिट गरेका हुन । कुटपिटमा संलग्न रहेका आरोपीहरु श्रीबास्तब, शाह र कुर्मीले गत जेठ २३ गते होटल स्टरलाइटको क्यासिनोमा ‘विक्की’ भनिने अतिक खानलाई कुटपिट गरी अपहरणको शैलिमा क्यासिनोबाट लिएर गएका थिए ।

सो घटनाको केही दिनपछि उनीहरु बिरुद्ध अपरहण तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता विक्कीले मुद्दा दर्ता गराएको भए पनि सनाखत गर्न नआएको कारण उनीहरु माथिको मुद्दा अघि नबढाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।


उनले श्रीबास्तब समुहले शुक्रबार राती किङ्गक्रशमा बिक र बानियाँमाथि गरेको कुटपिटका बारेमा अनविज्ञता जनाए । ‘घटनाबारे जानकारी आएको छैन । न कोही कुटपिटमा परे भनेर आएको छ ’– उनले भने–‘ विक्की माथिको कुटपिटको प्रकरणमा पीडितले सनाखत गर्न नमाने पछि उनीहरु बिरुद्ध कुनै पनि मुद्दा नचलाईएको हो ।’

श्रीबास्तब समुह बिरुद्धको प्रमाण प्रसस्त पुग्ने गरी सिसिटिभि फुटेज रहदा रहदै पनि प्रहरीले सनाखतको बाहाना बनाएर उनीहरुलाई उन्मुक्ति दिएकै कारण पुन गत शुक्रबार राति बिक र बानियामाथि आक्रमण गरेका हुन । सो घटनाका आरोपी श्रीबास्तब समुहलाई प्रहरीको संरक्षण रहेको कारण निर्बाध कुटपिट जन्य अपराध गर्न हौशला मिलेको स्रोतको दाबी छ ।

प्रहरीको उच्च संरक्षणमा श्रीबास्तब समुहले अपराध गर्दै आएको तर, प्रहरीले भने उजुरी लिएर जानेलाई नै थर्काउने तर्साउने गरेको आरोप परिचय नखुलाउने सर्तमा सदरलाइन डटकमलाई बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रवासी नेपाली संघ उत्तरप्रदेश राज्यसमिति बैठक

२७ असार २०७९, सोमबार १४:०४
नेपालगञ्ज :  प्रवासी नेपाली संघ भारत उत्तर प्रदेश राज्य समितिको बैठक आइतबार सम्पन्न भएको छ । राज्य समितिका अध्यक्ष रामप्रसाद गौतमको अध्यक्षतामा आयोजित बैठकमा प्र.नं. संघ भारत केन्द्रिय समितिका उपाध्यक्ष मोहन थापा, केन्द्रिय सचिवालयका बुद्धिराम कुम्भकार लगाएतले सम्बोधन गरेका थिए । बैठकले राज्यमा रहेका तमाम प्रवासी नेपालीहरुका समस्यालाइ निराकरण गर्न […]