जानकीमा उपभोक्ता समितिलाई अभिमुखीकरण

१६ मंसिर २०७६, सोमबार १७:३०
 

सदरलाइनडटकम,
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले गुणस्तरीय पूर्वाधार निर्माणको लागि उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम प्रदान गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा सम्पन्न गर्न लागेको पूर्वाधार विकासका योजना कार्यान्वयनका लागि वडास्तरमा गठन भएका उपभोक्ता समितिका पदाधिकारीलाई योजना कार्यान्वयनमा अपनाउनु पर्ने आवश्यक ज्ञान सीपवारे जानकारी दिन तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले जानकारी दिए ।
विगतमा कतिपय उपभोक्ता समितिका पदाधिकारीले अञ्जानवश विकास निर्माणका कार्यमा गुणस्तरीयता कायम गर्न नसकेको पाईएकोले यो वर्ष सजकता अपनाईएको उनको भनाई छ । गाउँपालिकाका ६ वटै वडामा गठन भएका उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई उपभोक्ता समितिको काम, कत्र्तव्य र उत्तरदायित्व सँग–सँगै योजनाको काम शुरुवातदेखि फछ्र्यौटसम्मको प्रक्रियाका वारेमा समेत जानकारी गराईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए ।
गाउँपालिकाको वडा नं. १ साईगाउँ र वडा नं. २ बेलभारमा गठित उपभोक्ता समितिका पदाधिकारीहरुको लागि आयोजित अभिमुखिकरण तालिमको उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष यादवले विकास निर्माणका काम गर्दा विनियोजित बजेट र कार्यक्रम अनुसार कुनैपनि भेदभाव र अनियमितता नगर्न अनुरोध गरे । विकासका काम कहिकतै अनियमितता भएको थाहा पाउन साथ तत्काल कारवाही गर्न आफू बाध्य हुने उनको भनाई थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खत्रीले योजना कार्यान्वयनको जिम्मा र लाभ लिनेपनि स्थानीय बासिन्दा भएकोले निर्माणमा स्थानीयले जिम्मेवारीका साथ काम गर्नुपर्ने बताए । सो अवसरमा वडा नं. १ का अध्यक्ष मोहमद रजा राई, वडा नं. २ का अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता, कार्यपालिका सदस्य एवम् पूर्वाधार विकास संयोजक राजकुमार धोवीलगायतले उपभोक्ता समितिको जिम्मेवारी र भूमिका ठूलो हुने भएकोले इमान्दारिताका साथ गुणस्तरीयता कायम गरी योजना सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
जानकीले अन्य वडाका उपभोक्ता समितिलाई यसअघिनै अभिमुखीकरण तालिम दिईसकेको छ । तालिममा प्रमुख प्रशासकीय अधिकृत खत्री, योजना शाखा प्रमुख ईन्जिनियर निसार अहमद दर्जी, योजना शाखाका राजेन्द्र बाजपेयीलगायतले सहजिकरण गरेका छन् ।

Next Post

लैङिक हिंसाविरुद्ध डुडुवामा सामुहिक र्याली

१६ मंसिर २०७६, सोमबार १७:३०
सदरलाइनडटकम, डुडुवा (बाँके) : २८ औ लैगिङ्क हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत डुडुवा गाउँपालिकामा सोमवार बृहद् सचेतनामुलक कार्यक्रम गरिएको छ । समानताको पुस्ता : बलात्कार विरुद्ध एक्यबद्धता भन्ने मूल नाराका साथ गाउँपालिकामा र्यालीसंगै विशेष कार्यक्रम गरिएको छ । विभिन्न संघसंस्थाहरुको सहकार्यमा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा ग्रामिण समुदायस्तरमा लैगिङक हिंसा सम्वन्धी […]