साइक्लिङमा लक्ष्मी र ओकेश स्वर्ण पदक विजेता

२ बैशाख २०७६, सोमबार १४:५८
 

सदरलाइनडटकम,
बैजनाथ (बाँके) : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको साइक्लिङमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका ओकेशरत्न बज्राचार्य र महिलातर्फ प्रदेश ३ की लक्ष्मी मगरले स्वर्ण पदक जित्न सफल भएका छन् । आर्मीका ओकेशरत्नले १ घन्टा २५ मिनेट ०९ सेकेन्डमा निर्धा्रित दूरी पार गर्दै स्वर्ण जिते भने आर्मीकै हिमाल टमाटाले १ घन्टा २६ मिनेट ०९ सेकेन्डमा पूरा गर्दै रजत पदक जित्न सफल भए ।
यस्तै गण्डकी प्रदेशका हिक्मत विकले १ घन्टा २६ मिनेट ४४ सेकेन्डमा दूरी पार गर्दै कास्य पदक प्राप्त गरे । यस्तै महिलातर्फ स्वर्ण जित्न सफल लक्ष्मीले १ घन्टा २० मिनेट ५२ सेकेन्डमा दूरी पार गरिन् । गण्डकी प्रदेशकी उषा खनालले १ घन्टा ३३ मिनेट ३८ सेकेन्डमा दूरी पार गर्दै रजत जितिन् भने प्रदेश ३ की निर्जला ताम्राकाकरले १ घन्टा ३५ मिनेट ५६ सेकेन्डमा दूरी पार गर्दै कास्य जितेकी हुन् ।
सोमवार वैजनाथ–१, गाभरमा भएको साइक्लिङ विधा अन्तर्गतको क्रसकन्ट्री ओलम्पिकमा पुरुषतर्फ ४.६ किमीको ५ ल्याप र महिलातर्फ ४.६ किमीको ४ ल्यापमा प्रतियोगिता गराइएको थियो । विजयी खेलाडीहरुलाई प्रदेश ५ का सांसद आइपी खरेल, प्रदेश ५ खेलकुद विकास समिति अध्यक्ष भीम ओली लगायतले मेडल, प्रमाणपत्र र मायाको चिनो प्रदान गरे ।

Next Post

भालुवाङमा निःशुल्क योग विज्ञान शिविर शुरु

२ बैशाख २०७६, सोमबार १४:५८
सदरलाइनडटकम, भालुवाङ : सात दिने निःशुल्क योग विज्ञान शिविर सोमवार देखि राप्ती गाउँपालिका १ हनुमानगढी मन्दिर भालुवाङमा शुरु भएको छ । पतंजली योग विज्ञान शिविर व्यवस्थापन समिति भालुवाङको आयोजनामा शिविर शुरु भएको हो । स्वास्थ्य नै जिवन हो भन्ने मुल नाराका साथ सुरु भएको शिविरको सोमवार पहिलो दिन महिला पुरुष […]