सडक दुर्घटनामा परी सल्यानमा दुईको मृत्यु

३ मंसिर २०७६, मंगलवार १७:२९
 

सदरलाइनडटकम,
सल्यान : सल्यानमा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर १ उनवाङका २३ वर्षिय गोपाल रानाको ससुराली जाने क्रममा भिरबाट लडेर रोल्पामा मृत्यु भएको हो ।
सोमवार रोल्पाको रुन्टीगडी गाउँपालिका ८ स्थित ससुराली घर हिँडेका गोपाल मंगलवार विहान रुन्टीगडीकै धुम्का भीर तर मृत अवस्थामा भेटिएको कपुरकोट १ का वडा अध्यक्ष बालाराम खड्काले जानकारी दिए । मोटरबाटोबाट करीब २ सय मिटर तल भिरमुनी उहाँको शव भेटिएको हो । उहाँको शव मंगलवारस्थानीयहरुले देखेका थिए ।
यसैबीच मोटरसाईकलले ठक्कर दिँदा अर्का एक जनाको मृत्यू भएको छ । सल्यान श्रीनगरबाट दाङ्ग तर्फ आउदै गरेको मोटरसाईकलले ठक्कर दिदाँ घाईते शारदा नगरपालिका ९ सुनचौर निवासी ८० बर्षिया बालिका बिष्टको उपचारको क्रममा मृत्यु भएको हो ।
सोमवार दिउसोँ साढेँ १ बजेको समयमा बाटो काट्ने क्रममा रा ४ प २४२४ नम्बरको मोटरसाईकलले बिष्टलाई छत्रेश्वरी गाउपालिका ६ लान्तिबजारमा ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट घाईते बिष्टको श्रीनगरमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको थियो ।
उनको उपचारका क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मोटरसाईकल, कागजपत्र र चालक जीत बहादुर पुनलाई पहरीले नियन्त्रणमा लिएको छ ।

Next Post

पत्रकार खेम भण्डारी एक घण्टा जेल चलान

३ मंसिर २०७६, मंगलवार १७:२९
सदरलाइनडटकम, कञ्चनपुर : कञ्चनपुरका पत्रकार खेम भण्डारी अदालतको अवहेलनासम्बन्धी मुद्दामा एक घण्टाका लागि जेल चलान भएका छन् । निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा अनुसन्धान प्रभावित पार्ने गरी समाचार प्रकाशन गरेको अभियोगमा अदालतले उनलाई जेल पठाएको हो । उनी सम्पादक रहेको पत्रिकाले अदालतमा विचाराधीन रहेको मुद्दा प्रभावित पार्न उद्देश्यले समाचार […]