डिजाईनका लुगा तयार गर्दै बुटिक

२२ भाद्र २०७५, शुक्रबार १४:०५
 

सदरलाइन / करुणा शाह
नेपालगन्ज  :  कुनै वेला आफुले मनले रोजेको डिजाईनको पार्टी वा क्यजुअल डे«स किनमेलका लागि काठमाण्डौ वा भारतको लखनउ जाने बाध्यता थियो तर, केही वर्ष यता त्यो बाध्यता टरेको छ । नेपालगन्जमा नै आफुले भनेको जस्तो डिजाईनका लुगा बुटिक मै तयार हुन थालेपछि त्यो बाध्यता टरेको हो ।
३ वर्षदेखि नेपालगन्जमा शिल्क बुटिक सञ्चालन गर्दै आएकी साधना खड्काले आफ्नो बुटिकको व्यापार सन्तोजनक रहेको बताउछीन । बुटिकमा गाउन, पार्टि वयर, हरेक किसिमको डे«स, हेबी डिजाईन होस वा लाईट ग्राहकहरुको चाहना अनुसार लेहगां, बेबी पास्नी सेट, जन्मदिनको लागि गाउन सबै तयारी अवस्थामा या अर्डर अनुसारको तयार गर्ने गरेकी छन् ।
उनले आफ्नो बुटिकमा २ हजारदेखि १६ हजारसम्मको रेञ्जमा गाउन तयारी अवस्था रहेको जानकारी दिदै अहिले समर सिजन भएकोले कटनको कुर्ता सुरुवाल, वानपिसको माग अधिक रहेको बताईन ।
विवाहको सिजन भएकोले पनि दुलही ड्रेसको लागि डिजाइन अनुसारका डे«स १८ हजारदेखि २५ हजारसम्मको बिक्रि हुने बताउने उनी दुलहीको सेट फुल कढाईको साडी, मखमल कढाई बेल्ट, डिजाईनदार घुम्टो र क्राउन हुने उनी बताउछिन ।
नेपालगन्जमा फेशन डिजाइनको अध्ययन गरेर बुटिक सन्चालन गर्दै आएकी मिरर फेशन स्टुडियोकी अस्मिता गौतमलाई आफुले अध्ययन गरेको कुरा व्यावसायमा ढाल्न सकिने नसकिने दोधारमा थिईन तर, उनले गरेको हिम्मतले राम्रो नतिजा दिएको छ । नमुना कलेज अफ फेशन टेक्नोलोजिबाट ब्याचलर इन फेशन डिजाईन कोर्ष गरेकी गौतमले आफ्ना ग्राहकको लागि उनी आफै शरिर सुहाउदोे डिजाईन गर्ने गरेकी छन् ।
४ वर्ष पहिला फेशन टिजाइनर पढेर आएकी अस्मितालाई नेपालगन्जमा बुटिक चल्ने नचल्ने भन्नेमा डर थियो तर, अहिले उनी भन्छिन–‘ग्राहकले हामीलाई यस्तो डिजाईन र कलरको कपडा बनाई दिनु पर्यो भनेर भन्नु हुन्छ हामी ग्राहकको माग अनुसारको डिजाईनको डिमाण्ड पुरा गर्छौ ।’
उनको बुझाईमा बुटिकले अरुको कपि गर्ने भन्दा पनि आफ्नै क्रियशन र क्रियटिभ न्यू डिजाईन गर्ने क्षमता हुनुपर्ने बताउछिन । आफ्नो बुटिकमा सबै भन्दा वेस्र्टन रेस, गाउन, वानपीस, लेहगां ग्राहकले पन परेको बताउछिन उनी । ‘कस्तो समरोह हो, कहाँ जादै हुनुहुन्छ, कस्तो कलर सुहाउछ, यो सबै बुटिक भित्र कै कुरा हो’ उनले भनिन । अहिलेसम्म आफ्नो बुटिकमा दुलहीको लागि ८० हजारसम्मको प्याकेज तयार गरेको जानकारी दिदै उनले, त्यसमा साडी, ब्लाउज, क्राउन बेल्ट, घुम्टो, एसोसरिज सबै हुने बताईन ।
नेपालगंजमा भएका सबै बुटिकको समानको मेटिरियल काठमाण्डौं, भारतको सुरत, दिल्लीबाट आउने गर्छ । बुटिकको सामान अहिले पनि धेरै महंगो छ भन्ने धेरैलाई छ ।   न्यू चहाना सुट सेन्टरका सञ्चालक सन्तोना राणाको बुझाईमा बुटिकको कपडा कम्फर्ट, लगाउदा सुहाउदो डिजाईनदार स्किन म्याचिङ्ग अनुसारको हुने, सस्तो कपडालाई पनि डिजाईनदार गरेर बुटिकमा कपडा तयार गरिने भएकोले आफुलाई मन पर्ने बताउछिन ।
विश्वमा फेशनको बजार सताब्दीयौमा भित्रीए पनि नेपालमा भने पश्चिम मुलुकदेखि भारत हुँदै नेपाल छिरेको फेशन संस्कृतिले आज हरेक मानिस के बच्चा, के वृद्धा सबैलाई छोईसकेको छ ।
पहिला साधारण साडीमा पार्टीमा जाने दिदी बहिनीहरु प्रायः अहिले एक पटक लगाएको कपडा अर्को पटक लगाउन चहादैनन् । फेशन अहिलेको माँग पनि हो साथमा अवश्यकता पनि । फेशनले आत्माविश्वास बढाउनको साथै व्यक्तित्व पनि झल्काउन्छ । अरुले तपाईलाई हेर्ने दृष्टी नै फरक हुन्छ । तर, मौसम, ठाउँ र बातावरण अनुसार फेशन भएन भने सबैको लागि हाँसोको पात्र बन्न सकिने हुँदा होस पुर्याउन आवश्यक छ ।
२१औं शताब्दीमा फेशनको बारेमा सबैले बुझ्नु जारुरी छ । फेशन डिजाइनर कोर्ष गरेर आफु सेल्फ डिपेन हुन चहाने हो भने अब बहिर देश वा छिमेकी देश जानुपर्दैन नेपाल मै नमुना कलेज अफ टेक्नोलोजी बासँबारी, आईइसी बागबजार, लार्डबुद्ध फाउडेशन मैतिदेवी, लखौटिया इन्सिच्यूट कुपण्डोल, आइआई एसि कुपण्डोल रहेका छन । जहाँ पनि सजिलै कोर्ष गर्न सकिन्छ । फेशनको कुरामा नेपाली सेलिब्रेटिहरु आजभोली निकै फेशन कन्शेन्स भएका छन । उनीहरु प्रायः सबै आ–आफ्नै डिजाईनर रहेका छन । कुनै पार्र्टी, अवार्ड पार्टी, फिल्म रिलिज या प्रामोशनमा आफ्नो डिजाइनरद्वारा डिजाईन गरेको कपडामा सजिन्छन ।

Next Post

धर्मा प्रोडक्शनको फिल्मबाट तारा सुतारिया डेब्यु गर्दै

२२ भाद्र २०७५, शुक्रबार १४:०५
सदरलाइनडटकम, काठमाण्डौ : करण जोहरको ब्यानरमा निर्माण भईरहेको फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट बलिउड डेब्यू गरेकी अभिनेत्री तारा सुतारिया अभिनेता शाहिद कपुरको नयाँ फिल्म ‘अर्जुन रेड्डी’बाट आउट भएकी छिन् । यसअघि शाहिदको जोडीका लागि तारालाई साइन गरिएपनि अब उनको ठाउँमा नयाँ अभिनेत्री आउँदै छिन् । शाहिद भर्खरै दोस्रो सन्तानका […]

सम्बन्धित