भारतको उत्तराखण्डमा बस दुर्घटना : ४५ को मृत्यु

१७ असार २०७५, आईतवार १२:४२
 

काठमाडौं : भारतको उत्तराखण्डमा भएको यात्रुबाहक बस दुर्घटनामा कम्तिमा ४५ जनाको मृत्यु भएको छ। उत्तराखण्डको कोटद्वारस्थित धुमाकोट पिपली भौन सडक खण्डमा बस भीरबाट खोलामा खस्दा ४५ जनाको मृत्यु भएको पुष्टि भएको भारतीय पत्रिका अमरउजालाको अनलाइन संस्करणले जनाएको छ।

आइतबार बिहान पौने ९ बजे युके १२सी ०१५९ नम्बरको बस भीरबाट खसेको समाचारमा जनाइएको छ। २८ सिट रहेको बसमा ५० भन्दा बढी यात्रु रहेको समाचारमा जनाइएको छ।


घाइतेहरूलाई अस्पताल लगिएको छ।

(अन्नपूर्णबाट)

Next Post

एचआइभी संक्रमित समाजमा खुल्न थाले

१७ असार २०७५, आईतवार १२:४२
रोल्पा, समाजको डरका कारण रोग लुकाएर बस्दै आएका रोल्पाका एचआइभी संक्रमित पछिल्लो समय खुल्न थालेका छन् । सरकारी तथा गैरसरकारी निकायद्वारा गरिएको एचआइभीसम्बन्धी जनचेतनाका कारण संक्रमित खुल्न थालेका हुन् । जनचेतनाका कारण संक्रमित खुल्न थालेसँगै जिल्लामा संक्रमितको संख्यामा समेत वृद्धि हुन थालेको छ । हरेक वर्ष दुई/तीन जनाका दरले नयाँ […]

सम्बन्धित