कोहलपुरमा महिला क्रिकेट एकेडेमी बनाइने

सदरलाइन संवाददाता २२ मंसिर २०८०, शुक्रबार १४:४६
 

नेपालगञ्ज : कोहलपुर क्रिकेट रङ्गशालालाई महिला क्रिकेट एकेडेमी बनाउन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले सुझाव दिएका छन् ।

दशौ राष्ट्रिय खेलकुदको तयारी बैठकमा सुर्खेत जाने क्रममा क्रिकेट रङ्गलाको अवलोकन गर्नुहुँदै मन्त्री लिम्बु र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले स्थानिय तहसँगको सहकार्यमा रङ्गशालाको संरक्षण गर्नु पर्नेमा जोड दिएका हुन् ।

पाँच विगाह क्षेत्रफलमा फैलिएको क्रिकेट रङ्गशालामा एकातर्फ रापिट निर्माणको कार्य भईरहेको छ । करिब दुई करोड ११ लाख बजेटमा निमार्ण हुँदै गरेको प्याराफीट २०८१ जेठ भित्र सम्पन्न हुनु पर्ने सम्झौता रहेको छ । क्रिकेट रङ्गशालाको विषयमा परिषद्का बोर्ड सदस्य तथा क्रिकेटका पूर्व कप्तान लेखबहादुर क्षेत्रीले जानकारी गराएका थिए ।

त्यसक्रममा नेपालगञ्जबाट निर्वाचित प्रदेश सांसद तथा कोहलपुर नगरपालिकाका मेयर र वडा अध्यक्षहरुले क्रिकेट मैदान निर्माणमा स्थानिय तह तयार रहेको बताएका थिए ।


यस्तै मन्त्री लिम्बुले नेपालञ्जमा निर्माण हुँदै गरेको सेन्थेटिक ट्रयाकको पनि निरीक्षण समेत गरेका छन् । एघार करोड ६६ लाख बजेटबाट निर्माण हुँदै गरेको ट्रयाकमा हाल बेसको काम भईरहेको इन्जिनियर राजु श्रेष्ठले जानकारी दिए ।

आगामी पुस मसान्तभित्र सम्पन्न गर्ने गरि सम्झौता भएपनि चिसो मौसमा पीचको काम गर्न अप्ठेरो पर्ने भएकाले बैशाखसम्म काम सकिने बताईएको छ । निरिक्षणका क्रममा सदस्य सचिव टंकलाल घिसिङले निर्धारित समय भित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

सोही क्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ, परिषद्का विभागीय प्रमुखहरु प्रेमबहादुर मल्ल, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा मेयरकप साइकल दौड प्रतियोगिता सम्पन्न

२२ मंसिर २०८०, शुक्रबार १४:४६
नेपालगञ्ज : नेपालगञ्जमा मेयरकप साइकल दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपालगञ्ज साइक्लोथनका सयौं साइकलेहरुको सहभागिता र उपस्थितिमा सम्पन्न भएको आयोजक नेपालगञ्ज साइक्लिङ क्लब का अध्यक्ष सतिश निरौलाले जानकारी दिए । अध्यक्ष निरौलाका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा सम्पन्न प्रतियोगितामा, थोपा प्रयोगशाला, रक्षक सेक्युरिटी, कृष्णसार एफएम, दैनिक नेपालगञ्ज, कालपृष्ठ राष्ट्रिय दैनिक […]