पत्रकार खेम भण्डारी एक घण्टा जेल चलान

३ मंसिर २०७६, मंगलवार १७:४३
 

सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरका पत्रकार खेम भण्डारी अदालतको अवहेलनासम्बन्धी मुद्दामा एक घण्टाका लागि जेल चलान भएका छन् । निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा अनुसन्धान प्रभावित पार्ने गरी समाचार प्रकाशन गरेको अभियोगमा अदालतले उनलाई जेल पठाएको हो ।
उनी सम्पादक रहेको पत्रिकाले अदालतमा विचाराधीन रहेको मुद्दा प्रभावित पार्न उद्देश्यले समाचार सम्प्रेशण गरेको भन्दै अदालतले उनलाई थुनामा राख्ने सजाय सुनाएको थियो । भण्डारीलाई अदालतले निर्मला पन्त प्रकरणमा विचाराधीन मुद्दा प्रभावित पार्न खोजेको भन्दै अदालतले उनलाई एक घन्टा कैद र १ रुपैयाँ जरिवाना सुनाएको थियो ।
तर, उनले तिरेका थिएनन् । भण्डारी ३ बजेर ५५ मिनेटमा जिल्ला कारागार कञ्चनपुर पुगेको थिए । पत्रकार भण्डारीले समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पुनरावेदनका लागि मौका नदिइएपछि पक्राउका लागि आदेश दिइएको जानकारी पाएपछि अदालतमा उपस्थित हुन जान लागेको जनाएका थिए ।
अदालतले असार महिनामा गरेको फैसलाअनुसार पत्रकार भण्डारीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए । अदालतमा जरिवाना तिरेसँगै कारागार चलान भएका हुन् ।

Next Post

बुहारी बलात्कार आरोपमा ससुरा पक्राउ

३ मंसिर २०७६, मंगलवार १७:४३
सदरलाइनडटकम, डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ परेका छन् । २२ वर्षीया बुहारी बलात्कारको आरोपमा ३९ वर्षीय ससुरा पक्राउ परेका हुन् । सोमवार साझ उनले बुहारी नाता पर्ने २२ वर्षीया महिलामाथि कोठमा नै गएर बलात्कार गरेका उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जबरजस्ती […]

सम्बन्धित