स्वास्थ्य शिविरबाट करीब ४ सय जना लाभान्वित

सदरलाइन संवाददाता १५ जेष्ठ २०७९, आईतवार १७:०६
 

बढैयाताल (बर्दिया) : बढैयाताल गाउँपालिका वडा नम्बर ४ मा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा करीब ४ सय जना लाभान्वित भएका छन् । शनिवार दिनभरी सञ्चालन गरिएको उक्त शिविरबाट स्थानीय ग्रामीण समुदायका सर्वसाधारण स्वास्थ्य परिक्षण र उपचार सेवाबाट लाभान्वित भएका हुन् ।

ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजना, बढैयाताल गाउँपालिका वडा नम्बर ४ को कार्यालय तथा बढैयाताल युवा सञ्जालको समन्वयमा स्वास्थ्य परीक्षण तथा आँखा परिक्षण गरिएको थियो ।

शिविरमा २७६ जनाले आँखा परिक्षण गराएर औषधि समेत निःशुल्क प्राप्त गरेका थिए ।

शिविरमा बढैयाताल गाउँपालिकाका प्रमुख हिमालय त्रिपाठी, वडा नम्बर ४ का अध्यक्ष नर बहादुर थापा, वडा सदस्यहरु राम लौटन चौधरी, रन्जित गाईन, धुर्बी थारु, ज्ञानज्योति माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लल्लु राम थारु, राजनीतिक दलका प्रतिनिधिहरु राज कुमार महतरा, विजय थारु, समजसेबी गुरु प्रसाद योगी लगायतको पनि सहभागिता रहेको थियो ।


शिविर प्रारम्भ हुनु अघि कार्यक्रमको बारेमा ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्माले प्रकाश पार्नु भएको थियो । सो अवसरमा अध्यक्ष शर्माले ज्ञानज्योति माध्यमिक विद्यालयको लागि केन्द्रको तर्फबाट आकस्मिक स्वास्थ्य समस्याको लागि शिक्षक भद्र बहादुर घर्तिमगर मार्फत् प्राथमिक उपचार बक्स हस्तान्तरण गर्नु भयो । उक्त बक्स भित्र आकस्मिक स्वास्थ्य समस्याका लागि १६ थरी आौषधिहरु उपलब्ध गरिएको छ ।

यसैगरि वडा नम्बर ४ का अध्यक्ष नर बहादुर थापाले निःशुल्क आँखा तथा स्वास्थ्य शिविरबाट आफ्नो वडाका बासिन्दाले आफ्नै घर आँगनमा निःशुल्क स्वास्थ्य सेवा पाउने अवसर पाएकोमा आयोजक संस्था प्रति आभार व्यक्त गरे ।

शिविरमा नेपालगञ्ज मेडिकल कलेजका डा. मोहम्मद आजाम, डा. दिपक जायसवाल र नेत्ररोग विशेषज्ञ जीतेन्द्र कुमार वर्माले स्वास्थ्य परिक्षण गर्नु भएको थियो भने स्टाफ नर्सहरु सुश्री स्मारिका श्रेष्ठ, सुश्री सिमरन श्रेष्ठ र सुश्री सिर्जना धौलाकोटीले स्वास्थ्य परिक्षणमा सहयोग गर्नु भएको थियो ।

उक्त शिविरमा बढैयाताल युवा सञ्जालका अध्यक्ष शम्भु प्रसाद थारु, सचिव शुकदेव थारु, सहसचिव धुनिराज चौधरी, सदस्य जीवन थारु, सञ्चार प्रमुख प्रविण चौधरीले दिनभर खटिएर सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गणतन्त्र दिवसका अवसरमा बागेश्वरी मन्दिरको सरसफाई

१५ जेष्ठ २०७९, आईतवार १७:०६
नेपालगञ्ज : गणतन्त्र दिवसका अवसरमा नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको सरसफाई गरिएको छ । गणतन्त्र दिवसका अवसरमा नेपालगञ्ज उपमहानगरपालिका कार्यालयसँगको सहकार्यमा द होप नामक संस्थाको आयोजनामा आज बिहान बागेश्वरी मन्दिर क्षेत्र सरसफाई गरिएको हो । उक्त कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दीन राईसहित विभिन्न वडाका वडाध्यक्ष एवम् सहभागीहरुले झाडु लिएर बागेश्वरी […]

सम्बन्धित