कुछबधिया लगायतसिमान्तकृतको समस्याप्रति गम्भीर छौं–उम्मेदवार गौतम

२७ कार्तिक २०७४, सोमबार १९:३४
 

सदरलाइनडटकम
२७ कात्तिक, नेपालगन्ज : बामगठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्बर ३ प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतमले सिमान्तकृत समुदायको जीवनस्तर सुधारका लागि पहल गर्ने बताएका छन ।
बामगठबन्धनले सोमबार इन्द्रपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उम्मेदवार गौतमले पत्थर कट्टाको काम गरी जीवनयापन गर्र्दै आएका कुसबधियालाई सहज र सरल ढंगले पत्थरको ब्यवस्था गर्दै उनीहरुको परम्पारगत पेशाको संरक्षण गर्ने बताए ।
उनले बाम गठबन्धनको सरकारले सामाजिक सुरक्षाभत्ता बढाएर ५ हजार पु¥याउने भन्दै मधेसी समुदायमा नागरिकता समस्या र घरबारबिहिनका लागि आवासको ब्यवस्था गरिने बताए ।
सो अवसरमा जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले मधेस र मधेसी समुदायको विकास बामगठबन्धनको नेतृत्वमा बन्ने स्थायी सरकारले मात्रै समाधान गर्ने बताए ।
स्थानीय हुसेन यादवको अध्यक्षतामा भएको कार्यक्रममा बामगठबन्धनका नेताहरु रत्न खत्री, डम्बर विक, पदम धिताल, रक्षाराम बर्मा, एकमाया विक, भुमिसरा धिताल, युवा संघ बाँकेका अध्यक्ष किशोर थापा लगायतको सहभागिता रहेको छ । बाम गठबन्धनले निर्वाचन परिचालन समितिको वडा कार्यालय समेत संचालनमा ल्याएको छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उम्मेदवार सुरक्षामा विषेश ध्यान दिन प्रधानमन्त्रीको सुरक्षा निकायका प्रमुखलाई निर्देशन

२७ कार्तिक २०७४, सोमबार १९:३४
सदरलाइनडटकम       २८ कात्तिक, नेपालगन्ज : प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवार माथी भईरहेका आक्रमणका घटना पुनः दोहोरिन नदिनका लागि सुरक्षा निकायलाई र चनाखो हुन निर्देशन दिएका छन् । मंगलबार नेपालगन्जमा आयोजित क्षेत्रीय सुरक्षा गोष्ठिको उद्दघाटन गर्दै उनले सो निर्देशन दिएका हुन । उनले निर्वाचनमा भय रहित तरिकाले मतदान र प्रचार गर्न […]