नेपालगञ्जमा साईकल पम्प ट्रयाक

सदरलाइन संवाददाता १ माघ २०८०, सोमबार १४:३०
 

नेपालगञ्ज : नेपालगञ्जमा निर्माण भइरहेको नेपालकै सबैभन्दा ठुलो साइकल ‘पम्प ट्रयाक’ को निर्माण तयार भएको छ । सो काममा सहयोग गर्न खटिएका विदेशी नागरिकलाई सम्मानसहित विदाइ गरिएको छ ।

बाँके जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष गगन थापाका अनुसार अष्ट्रेलिया, जर्मनी र स्वीट्जरल्याण्डबाट साईकल पम्प ट्रयाकमा सहयोग गर्न आएका भेलेन्टिन कोच, बल्दुर मन्डली, मोरिच स्टेयर, क्लाउडिओ कलोरीसहित ५ जनालाई सम्मान गरिएको हो ।

अध्यक्ष थापाले भने, ‘निर्माण सुरु भएको केही दिनमै साईकल पम्प ट्रयाकको काम सम्पन्न भएको छ, करिब एक सातासम्म नेपालगञ्जमा रहेर विदेशी नागरिककले साईकल पम्प ट्रयाक निर्माणको काम सम्पन्न गरेका हुन् ।’

उनीहरुमध्ये तीन जना स्वीट्जरल्याण्डका, एकजना जर्मनी र एकजना अष्ट्रेलियाका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई र वडा १ का अध्यक्ष प्रमोद रिजालले विदेशी नागरिकलाई नेपाली टोपीसहित मायाको चिनो प्रदान गरी सम्मान गरे ।


नेपालगञ्ज उपमहानगरपालिकाको वडा १ धम्बोझीमा वडा कार्यालयको पहलमा शिवशक्ति पार्वती मन्दिरले करिब चार कठ्ठा जग्गा उपलब्ध गराएपछि बाँके जिल्ला साईक्लिङ सङ्घले पम्प ट्रयाक निर्माण गरेको हो ।

स्वीट्जरल्याण्डको भेलोसोलुशनले पम्प फर पिस परियोजना अन्तर्गत नेपालमा काठमाडौँपछि दोस्रो साइकल पम्प ट्रयाक निर्माण गरेको हो । स्वीट्जरल्याण्डको भेलोसोलुसन, हिमाली राइडर्स काठमाडौँ र बाँके जिल्ला साइक्लिङ सङ्घबिच त्रिपक्षीय सम्झौता भई पम्प ट्रयाक निर्माण शुरु भएको हो ।

बाँके जिल्ला साइक्लिङ सङ्घका अनुसार, कन्सल्टेन्सीसहित जमिन छाडेर करिब एक करोड ३५ लाखमा पूरा हुने अनुमान गरेको छ । जसमध्ये भेलोसोलुसनले प्राविधिक र अन्य ब्यवस्थापन खर्च बाहेक २५ हजार डलर सङ्घलाई उपलब्ध गराएको छ । जसको अन्तिम किस्ता काम सम्पन्न भएपछि भुक्तानी हुनेछ ।

पाँच लाख रुपैयाँ बजेटसँगै आवश्यक उपकरणको सहयोग नेपालगन्ज उपमहानगरपालिका गरेको छ । शिक्षण अस्पताल नेपालगञ्जले दुई लाख ५० हजार रुपियाँ सहयोग गरेको छ । ट्रयाकमा अब रङ्गाउन मात्र बाँकी छ । ट्रयाकको सुरक्षाका लागि वरिपरि माटो पटान र दुबो लगाउने, लाइटिङ र पर्खालको काम क्रमशः गरिने सङ्घका सचिव विज्ञान कक्षपतिले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवा संघ नेपालको नेपालगञ्ज नगर अधिवेशनबाट बिरेन्द्र थापा ‘विरु’ सर्वसम्मत

१ माघ २०८०, सोमबार १४:३०
नेपालगंञ्ज : एमाले निकट राष्ट्रिय युवा संघ नेपालको तेस्रो नगर अधिवेशनबाट नेपालगंञ्ज उपमाहानगरपालिका कमिटीको अध्यक्षमा बिरेन्द्र थापा ‘विरु’ चयन भएका छन् । युवा संघ नेपालका केन्द्रीय कमिटीका सचिव खेमराज शर्मा प्रमुख अतिथि रहेको संघको तेस्रो नगर अधिवेशनवाट थापाले पुन संघको नेतृत्व समालेका हुन् । नगरका २३ वटै वडावाट युवाहरुको उत्साहजनक […]

सम्बन्धित