मूल्यवृद्धि विरुद्ध नेविसंघद्वारा काठमाण्डौमा प्रदर्शन

८ आश्विन २०७५, सोमबार १४:२३
 

सदरलाइनडटकम,
काठमाण्डौ : नेपालीहरुका महान पर्व दशै नजिकिँदै गरेको बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा सवारी साधनमा बढाइएको भाडा फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले काठमाण्डौमा विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनीमार्ग, थापाथली क्याम्पस, पशुपति क्याम्पसलगायत क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, सार्वजनिक सवारी साधानमा बढाइएको भाडा फिर्ता गर, बलात्कारीलाई कारवाही गर, बढ्दो महँगी नियन्त्रण गर, कानूनी राज्यको पालना गरजस्ता नारा लगाएर विरोध प्रदर्शन गरिएको हो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महिला हिंसाका दोषीलाई कारवाही गरेर पीडितलाई न्याय नदिएसम्म आन्दोलन जारी राख्ने नेविसंघ अध्यक्ष नैनसिंह महरले बताए ।

Next Post

आफैले चलाएको गोलीबाट रोल्पामा एकको मृत्यु

८ आश्विन २०७५, सोमबार १४:२३
सदरलाइनडटकम, रोल्पा : भरुवा बन्दुक पडकिँदा रोल्पमा एक जनाको मृत्यु भएको छ । रुन्टीगढी गाउँपालिका–६ डुब्रिङका ५१ वर्षीय कुलबहादुर विकले आफ्नै बन्दुकले आफैलाई गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताए । घटनाबारे थप अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

सम्बन्धित