प्रथम मेयरकप अन्तरमावि फुटबल सम्पन्न

५ जेष्ठ २०७५, शनिबार १९:४७
 

सदरलाइनडटकम
५ जेठ, नेपालगन्ज  : नेपालगन्जमा जारी प्रथम मेयरकप अन्तर विद्यालय फुटबल प्रतियोगिता– २०७५ सम्पन्न भएको छ । शनिवार सम्पन्न १४ वर्षमुनीको फाईनल खेलमा पशुपति माविलाई शून्यको बिरुद्ध चार गोलले पराजित गर्दै जनज्योती माविले उपाधी जितेको छ । जनज्योतीको तर्फबाट मोहन सिह मगरले २, गिफ्ट पाण्डे १ र नबीन बिसीले १ गोल गरेका थिए ।
यसअघि शुक्रवार सम्पन्न भएको सिनियर छात्र तर्फको उपाधी जिभिएन कलेज, नेपालगन्ज र छात्रा तर्फको उपाधि जनज्योती माविले जितेका थिए । प्रतियोगीता अवधिभर उत्कृट खेल प्रदर्शन गरेका सिनियर तर्फ जिभिएनका बिशाल थापा, छात्रातर्फ अमर माविकी मनिषा नेपाली र १४ वर्ष मुनीतर्फ जनज्योती माविका मुकेश घर्ति मगर उत्कृट खेलाडी घोषित भए ।
बिजयी खेलाडीहरुलाई नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा, उप–प्रमुख उमा थापामगर, प्रहरी उपरिक्षक टेकबहादुर तामाङ्गं, एन्फा बाँकेका अध्यक्ष भोजराज शाही लगायतले पुरस्कार प्रमाण पत्र तथा शिल्ड प्रदान गरेका थिए ।
बाँके जिल्ला फुटबल संघ र नेपालगन्ज उप–महानगरपालिकाको सँयुक्त आयोजनामा प्रतियोगिता संचालन गरिएको थियो । छात्रतर्फ १४ वर्ष मुनि र सिनियर तथा छात्रातर्फ १६ वर्ष मुनिको गरि ३ वटा विधामा प्रतिस्पर्धा भएको प्रतियोगितामा बाँके जिल्ला भरिका ३४ वटा टिमले सहभागिता जनाएका थिए ।
यु–१४ छात्रमा १६ विद्यालय, सिनियर छात्रतर्फ १४ विद्यालय र यु–१६ छात्रातर्फ ४ विद्यालयका टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ   

Next Post

चितवन सेवा समाज बाँकेद्वारा बृद्धाश्रमलाई सहयोग

५ जेष्ठ २०७५, शनिबार १९:४७
सदरलाइनडटकम   ५ जेठ, नेपालगन्ज  : चितवन सेवा समाजले शनिवार नेपालगन्जको निलसागर बृद्धाश्रमलाई खाद्यन्न तथा पंखा सहयोग गरेको छ । चितवन सेवा समाजका पुर्व अध्यक्ष तथा सल्लाहकार कपिल अधिकारीले बृद्धाश्रममा ३ थान पंखा र दिउसो खाजाको लागि आवश्यक पर्ने विभिन्न प्रकारका खाद्य सामाग्री उपलब्ध गराएको जानकारी दिए । समाजका अध्यक्ष चन्द्र […]