नेपाल बंगलादेशसँग आठ विकेटले पराजित

२ मंसिर २०७६, सोमबार १६:३९
 

सदरलाइनडटकम,
काठमाण्डौ : एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । ढाकाको सावर रंगशालामा सोमवार भएको खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको हो । योसँगै ३ खेलबाट मात्र २ अंक बनाएको नेपालको सेमिफाईनल पुग्ने सम्भावना न्यून बनेको छ ।
भारत र हङकङ्गवीचको जारी खेलले नेपालको सेमिफाइनल समिकरण तय गर्नेछ । हङकङ्गले भारतलाई पराजित गरेमात्र नेट रन रेटका आधारमा नेपालको सेमिफाईनल पुग्ने सम्भावना रहन्छ । नेपाललाई हराएको घरेलु टोली बंगलादेश भने समूह चरणको ३ वटै खेल जितेर ६ अंकसहीत समुह बीको विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
नेपालले दिएको १ सय ३८ रनको चुनौती बंगलादेशले २४ ओभरमा मात्र २ विकेट खर्चेर सहजै पार गर्यो । कप्तान नाज्मुल हुसेन शान्तोले अविजित ५९ रन बनाउँदा मोहम्मद नइमले ४५ रन जोडे ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३८ रन बनाएको थियो । सोमपाल कामीले सर्वाधिक ३८ रन बनाए । पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई पराजित गरेको थियो ।

Next Post

आँखा अस्पतालमा दानवीरको प्रतिमा स्थापित

२ मंसिर २०७६, सोमबार १६:३९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जको फत्ते बाल आँखा अस्पतालमा दानवीर श्रीजङ्ग शाह दम्पतीको प्रतिमा स्थापना गरिएको छ । अस्पतालका संरक्षक ९५ वर्षीय शाह र उहाँकी पत्नी रुद्रकुमारी शाहको प्रतिमा स्थापना गरिएको हो । शाह दम्पत्तीले काठमाण्डौको कान्तिपथमा तीन रोपनी जग्गामा निर्माण भएको घर अस्पताललाई दान दिएका हुन् । एक अर्ब रुपैयाँ […]