सचिनको टिमद्धारा विनोदको टिम पराजित

३० कार्तिक २०७६, शनिबार १३:५०
 

सदरलाइनडटकम,
काठमाण्डौ : युनिसेफको आयोजनामा कीर्तिपुरमा भएको खेलमा सचिन तेन्दुलकरको टिमले विनोद दासको टिमलाई हराएको छ । ४५ रनको विजयी लक्ष्य पछ्याएको सचिनको टोलीले विनोदको टिमलाई ६ विकेटले हराएको हो ।
कीर्तिपुरको त्रिवि मैदानमा १० ओभरमा खेल खेलाउने बताइएपनि आठ ओभरको खेलमात्र भएको थियो । जसमा पहिले ब्याटिङ गरेको विनोद दासको टिमले ४५ रनको लक्ष्य दिएको थियो । सचिनको कप्तानीमा रहेको टिमले ६ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । सचिनले ब्याटिङमा सात रन बनाए । जसमा उनले एक चौका प्रहार गरेका थिए ।
उनी ब्याटिङमा आउँदा कीर्तिपुर मैदानमा उपस्थित सबै समर्थकले ठूलो हुटिङ गरेका थिए । यसका साथै उनलाई समर्थकले छक्का हान्न आग्रह पनि गरेका थिए । दुवै टिममा स्कुलका बालबालिकाको सहभागिता रहेको थियो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विनोदको टोलीले निर्धारित ८ ओभरमा ४ विकेट गुमाउँदै ४४ रन बनाएको थियो ।
युनिसेफको निमन्त्रणामा शुक्रबार राति काठमाण्डौ आइपुगेका सचिनले कीर्तिपुर मैदानमा बलिङ पनि गरेका थिए । बालअधिकारसम्बन्धि महासन्धि पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा नेपालस्थित युनिसेफ कार्यालयले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो । सचिन युनिसेफका सद्धभावना दूत हुन् ।

Next Post

सत्तामा हुँदा कालापानीको विषय उठाएको सभापति देउवाको भनाई

३० कार्तिक २०७६, शनिबार १३:५०
सदरलाइनडटकम, कञ्चनपुर : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू सत्तामा रहँदा कालापानीको विषय जोडदार रूपमा उठाएको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा शनिवार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका उनले वर्तमान सरकारले लिपुलेक, कालापानीलगायत सीमा अतिक्रमणका विषय सशक्त रुपमा उठान नगरेको आरोप लगाए । महाकाली सन्धिमा महाकाली नदी सीमा नदी उल्लेख गरिएको […]