विश्व मुख स्वाथ्य दिवश तक्षशिलामा सम्पन्न

सदरलाइन संवाददाता ७ चैत्र २०७८, सोमबार १९:१३
 

कोहलपुर (बाँके) : कोहलपुरमा विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर नेपाल डेन्टल एसोसियसन बाँकेको आयोजना र कोहलपुरमा सञ्चालनमा रहेको तक्षशिला एकेडमी बाँकेको व्यवस्थापनमा विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता र दन्त सुरक्षा सम्बन्धी प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा करिव ५ सय वढी सहभागी र ३५ प्रतियोगी रहेको थियो । तक्षशिला एकडेमी वाँकेका निमित्त प्रिन्सिपल चिरायुमान विकको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यालयका अध्यक्ष विष्णु वेलवासे, स्कुल चिफ खोपीराम वली वागेश्वरी बहुमुखी क्याम्पसका उपप्रध्यापक पुष्करनाथ रिजाल, नेपाल डेन्टल एशोसियसन बाँकेका अध्यक्ष डा. विश्वनाथ चौधरी लगायतले मुख स्वास्थ्य, समग्र स्वास्थको हेरचाह अनि वौद्धिक प्रतिभाको प्रष्फुटन जस्ता विषयलाई केन्द्रमा राखेर आ–आफनो विचार राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा मंगलवार ४ जनामा कोभिड पुष्टि

७ चैत्र २०७८, सोमबार १९:१३
नेपालगञ्ज : बाँकेमा मंगलवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७३ जनाको पीसीआर परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा ४८ जनाको परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ११ र बागेश्वरी ल्याबमा १४ जनाको परीक्षण […]